२०७७ मंसिर ८, सोमबार

९ औ राष्ट्रपति रनिङशिल्डको उपाधि शिखर माविलाई, १० औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता रानिबासमा हुने

सुर्खेत, फागुन १७ । गत १४ गतेदेखि भेरीगंगा नगरपालिकाको शिखर माध्यामिक विद्यालयको आतिथ्यतामा सुरु भएको ९ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सोमबार सम्मपन्न भएको छ ।

r1तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट उपाधि सह आयोजक तथा आतिथ्यता गरेको विद्यालय शिखर माध्यामिक विद्यालय रामघाटले हात पारेको छ । यस अघि पनि सहआयोजना तथा आतिथ्यता विद्यालय जीवनज्योति माध्यामिक विद्यालय दशरथपूरले शिल्ड कब्जा गरेको थियो ।

विभिन्न खेलहरुमा भएका प्रतियोगिताहरुमा समग्रमा सबै भन्दा धेरै ंअंक प्राप्त गरी यस पटकको उपाधी सहआयोजक रामघाटले हात पारेको हो । यस्तै यसपटक प्रतियोगितामा दोस्रो पश्चिम सुर्खेतको तरंगामा रहेको माध्यामिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ ।  यस्तै तेस्रो स्थान यस अघिको प्रतियोगितामा शिल्ड कब्जा गर्ने दशरथपूरले हासिल गरेको छ ।

यो जिल्ला स्तरीय प्रतियोगितामा भएको छात्रतर्फको भलिबल प्रतियोगितामा राकमको विद्यालय प्रथम भएको छ । यस्तै पश्चिम सुर्खेतको तातापानीको द्धितीय र तरंगाको विद्यालयको टिम तृतीय भएको छ । यसैगरी छात्रा भलिबलमा तरंगाको माध्यामिक विद्यालयको टिम प्रथम, दशरथपूरको टिम द्धितीय र दहचौरको टिम तृतीय भएको अम्मरबहादुर चन्दले जानकारी दिए ।

९ आंै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापनसंगै अर्काे वर्षको १० औं राष्ट्रपति रनिङशिल्ड पतियोगिताको आतिथ्यता तथा सहआयोजकको जिल्ला उत्तरपूर्वी सुर्खेतका जनता माध्यामिक विद्यालय रानिबासले पाएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथी सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुरशाहले रनिङशिल्डले विद्यालय तहका छात्राछात्रमा भएको खेल प्रतिभाको उजागर गर्न सहयोग गरेको भन्दै प्रतियोगितालाई आगामी दिनहरुमा अझ व्यवस्थित र भव्य बनाउने बताए ।

यो प्रतियोगिताले खेलाडिहरुको पहिचान हुने भन्दै उनले विशेष महत्वका साथ हेरिएको बताए । खात्राछात्रमा लुकेर रहेको प्रतिभाको पहिचान हुने भएकोले हरेक विद्यालयहरुले विद्यालयमा पनि अतिरिक्त क्रियाकलापका रुपमा खेलकुललाई विशेष प्राथमिकता दिनुपर्ने जिल्ला शिक्षा अधिकारी शाहले बताए ।

कार्यक्रममा आतिथ्यता गरेको विद्यायका प्राध्यानाध्यापक धनसिंह खड्काले प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने जिल्लाभरका विद्यालयहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिएका थिए । यस अघि जिल्लाका तीन वटा निर्वाचन क्षेत्र स्तरमा र थप २ स्थानमा उपकेन्द्र गरी पाँच वटा केन्द्रबाट खेलाडि छात्राछात्रको छनौट गरी जिल्ला स्तरको प्रतियोगितामा सहभागी बनाइएको थियो ।

अब यो जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट भएको खेलाडिहरु बैशाखमा हुने क्षेत्रीय प्रतियोगितामा सभागी हुने छन् । यस क्षेत्रको क्षेत्रीय प्रतियोगिता बाँकेको नेपालगञ्जमा हुनेछ । रामघाटमा भएको जिल्ला स्तरीय प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका एक हजार ५० जना छात्रा तथा छात्र खेलाडिहरुको सहभागिता रहेको थियो । साथै खेलकुद प्रतियोगिताका लागि एक सय जना प्राविधि र अििफसियलहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकस समिति सुर्खेतले बताएको छ ।

प्रतियोगितामा यथ्लेटिक्सतर्फ तीन सय ४० जना, भलिबल र कबड्डीमा एक सय एक सय ८०÷एक सय ८० जना, उसुमा ५०, कराँतेमा एक सय ५० जना र तेक्वान्दोमा पनि एक सय ५० जना खेलाडिको सहभागी भएका थिए । प्रतियोगिताका लागि १४ लाख रुपैयाँ बराबर खर्च भएको बताइएको छ ।