२०७७ माघ ३, शनिबार

आज स्ववियु निर्वाचन शिक्षा क्याम्पसमा त्रिपक्षीय प्रतिस्पर्धा

सुर्खेत, फागुन १८ । ८ वर्षपछि त्रिभूवन विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का निर्वाचन आज ( मंगलबार) हुँदैछ ।

fsu 5 photoदेशैभरका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा चुनाव आज (मंगलबार) हुने भनिएपनि केही क्याम्पसमा भने निर्वाचन रोकिएको छ । तर प्रदेश नं. ६ मा रहेका २ वटा आंगिक क्याम्पस मध्येको सुर्खेतमा रहेको सुर्खेत क्याम्पस (शिक्षा) मा आज (मंगलबार) विहान ७ बजेदेखि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रदेश नं. ६ को मुख्य क्याम्पसका रुपमा रहेको यो शिक्षा क्याम्पसमा स्वविय निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा सहभागी भएका विद्यार्थी संगठनहरु मध्ये राष्ट्रिय राजनीतिमा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका दलहरु सम्बद्ध विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल र अखिल (क्रान्तिकारी) का उम्मेदवारहरुबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

अन्य विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरु पनि दर्ता भएतापनि मुख्य गरी यी तीन विद्यार्थी संगठनहरुबीच त्रीपक्षीय प्रतिस्पर्धा हुनेछ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले सबैभन्दा पहिले जिल्ला अध्यक्ष समेत रहेको महेश जिसीलाई उम्मेद्वार घोषणा गरी पहिलो उम्मेदवारी घोषणा गरेको छ । नेविसंघले राजकुमार सिजापति र अनेरास्ववियुले चक्र शाहीलाई सभापतिको उम्मेदवार बनाएको छ । सभापति लगायत पदाधिकारीहरु र कार्यसमितिका लागि यीनै तीन ठुला संगठनहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यस अघि भएको स्ववियु निर्वाचनमा सुर्खेत क्याम्पस (शिक्षा) मा अनेरास्ववियु विजयी भएकोले अहिले पनि आफूहरु विजयी हुने दावी अनेरास्ववियुले गरेको छ । क्रान्तिकारीले भने क्याम्पसमा आफ्नो संगठन स्थापित भएको र विद्यार्थी माझ लोकप्रीय भएकोले जीत सुनिश्चित रहेको दावी गरेको छ ।

संगठनको यस अघि स्ववियुमा प्रतिनिधित्व नभएता पनि क्याम्पसमा विद्यार्थीहरुका लागि काम गरिरहेकोले विद्यार्थीको विश्वास जित्न सजिलो रहेको सभापतिका उम्मेदवार महेश जिसीले बताए । क्रान्तिकारीलाई राष्ट्रिय जनमोर्चाको अखिल (छैठौ) ले समेत समर्थन गरेको छ ।

नेपाल विद्यार्थी संघले पनि आफूहरुको संघमा कुनै विवाद नभएकोले निर्वाचन जित्ने दावी गरेको छ । सभापतिका उम्मेदवारका रुपमा आफू नेविसंघमा निर्विकल्प भएको भन्दै राजकुमार सिजापतिले नेविसंघका पक्षमा विद्यार्थीको माहोल रहेको दावी गरे ।
सुर्खेत क्याम्पस (शिक्षा) म यी तीन संगठन बाहेक विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी र बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको अखिल (क्रान्तिकारी), मजदुर किसान पार्टीको नेपाल क्रान्तिकारी विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, प्रगतिशिल संयुक्त विद्यार्थी मञ्च र अखिल संयुक्त विद्यार्थी संगठन पनि दर्ता भएकाछन् । उनीहरुले पनि आफ्ना उम्मेदवारहरुको दर्ता गराएकाछन् तर उनीहरुको प्रभाव निकै कम रहेको छ ।

अखिल क्रान्तिकारीको ¥याली

यसैबीच आज –मंगलबार हुने स्ववियु निर्वाचनको प्रचारको लागि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मोटरसाईकल ¥याली निकालेको थियो ।

सयौ विद्यार्थीको सहभागितामा निकालिएको ¥याली क्याम्पस लाइनबाट बाङगेसिमल हँुदै भैरभस्थान–गणेश चौक हुँदै बजारबाट पिपिरा–नेवारे हुँदै कालुङचोकबाट–घण्टाघर, हटियालाईन हुँदै पुनः क्याम्पसमै पुगेको थियो ।

¥याली पछि भएको कोणसभामा बोल्दै क्रान्तिकारीका विद्यार्थीहरुले निर्वाचनमा स्वच्छ तरिकाले भए क्रान्तिकारीको जित निश्चित भएको बताए । क्रान्तिकारीको जित निश्चित भएपछि १४ गतेको निर्वाचन १८ गते सारिएको भन्दै विद्यार्थी नेताहरुले १८ गते भएपनि आफूहरुको जित सुनिश्चित भएको बताए । सभापतिका उम्मेदवार महेश जिसीले विद्यार्थीहरुको साथ क्रान्तिकारीलाई भएको भन्दै डर, धम्की दिएर विद्यार्थीलाई आफ्नो पक्षमा मतदान गराउन बाध्य पार्ने क्रियाकलापमा नलाग्न अन्य संगठनहरुलाई चेतावनी दिए ।

यस्तै क्रान्तिकारीका शिक्षा क्याम्पस इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य देवी चन्द्र उपाध्यायले क्रान्तिकारीको जित सुनिश्चित भएपछि अन्य संगठनहरु आत्तिएको भन्द्यै विद्यार्थीहरुलाई धैर्यताका साथ अखिल (क्रान्तिकारी) का पक्षमा मतदान गर्न आग्रह गरे ।