२०७७ माघ ५, सोमबार

कामदार कुटिएपछि भेरी–बबई डाइभर्सनको काम ठप्प

सुर्खेत, फागुन १९ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन परियोजनामा कार्यरत चिनियाँ नागरिकले नेपाली मजदुर कुटेपछि कामठप्प भएको छ । निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) मा आबद्ध एक चिनियाँले गत आइतबार साँझ नेपाली कामदार देबेन्द्र खत्रीलाई कुटपिट गरेपछि तीन दिनदेखि परियोजनाको काम ठप्प हुन भएको हो ।

8-1-768x432नेपाली कामदारले कुटपिटमा संलग्नलाई कारबाही सहित विभिन्न माग राखी मजदुरले काम ठप्प पारेकाछन् । नेपाली कामदारले काम बन्द गरेपछि निर्माण कम्पनीले कुटपिटमा संलग्न चिनियाँ कामदारलाई मंगलबार आयोजनाबाट हटाइदिएको छ । नेपाली कामदार देवेन्द्र खत्रीलाई गाडी सफा नगरेर पार्किङमा राखेको भन्दै दाउराले कुटपिट गरेको बुझिएको छ । कुटपिटमा खत्रीको ढाड र मुखमा चोट लागेको छ । घाइतेको कोहल्पुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकालले नेपाली मजदुरका माग पूरा गर्न वार्ता भइरहेको जानकारी दिए । कुटपिटमा संलग्नलाई कारबाही, साप्ताहिक छुट्टी (शनिबार) काम गरेपछि दोब्बर तलब पाउनुपर्ने, कामदारलाई सम्मानजनक व्यवहार गर्नुपर्ने लगायतका १० बुँदे माग गरिएको छ ।