२०७७ माघ ३, शनिबार

सुर्खेत क्याम्पस (शिक्षा) मा मतगणना भएन

प्रदेश नं. ६ का २ वटा आंगिक क्याम्पस मध्ये यही फागुन १८ गते भएको स्ववियु निर्वाचन भएको सुर्खेत क्याम्पस (शिक्षा) मा मतगणना हुन सकेको छैन ।

aaaaa - Copyनिर्वाचन भइसकेको दुई दिन वितिसक्दा पनि मतगणना हुन सकेको छैन । सुर्खेत क्याम्पस (शिक्षा) का क्याम्पस प्रमुख टंक आचार्यलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव खेम बहादुर सिंहले धम्कि दिएको भन्दै निर्वाचनको मतगणना हुन नसकेको बुझिएको छ । तर सिंहले आफूले धम्की नभई मतदान सम्पन्न भए लगत्तै मतगणना गर्नुपर्छ भन्ने मत राख्दै मतगणना सुरु ढिलो भएकोमा आपत्ति जनाएको बताएका छन् । क्याम्पस प्रमुखलाई धम्कि आएको भन्दै विहीबार दिउँसो विज्ञप्ति समेत निकालिएको थियो ।

यस्तै क्रान्तिकारीका केन्द्रीय सचिव सिंह र क्याम्पस प्रमुखको नाम जोडेर मतगणना हुन नसको प्रचार भएपछि निर्वाचन समितिले क्षमा माग्दै विज्ञप्ति निकालेको । निर्वाचन समितिले केही कमि कम्जोरी भएको भन्दै माफि मागेको छ । निर्वाचन समितिले माफी सहितको विज्ञप्ति निकालेपछि मतगनणा प्रक्रिया सुरु गर्ने भनिएपछि पुनः अनेरास्ववियुले मत गणना गर्न नमानेपछि रोकिएको छ ।