२०७७ माघ ७, बुधबार

स्ववियु निर्वाचन, प्रदेश नं. ६ मा अखिल (क्रान्तिकारी) पहिलो

  • जम्मा निर्वाचन भएका क्याम्पस २८    
  •     सुर्खेत क्याम्प (शिक्षा) मा मत गणना हुन सकेन
  • क्रान्तिकारी १४ क्याम्पसमा विजयी
  • नेविसंघ ७ मा विजयी
  • अखिल ६ मा विजयी

6_pardesh1सुर्खेत, फागुन २० ।  यही १८ गते भएको त्रिभूवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनमा २७ क्याम्पसको मत परिणाम आएको छ ।

यस प्रदेश अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त ४३ क्याम्पस मध्ये २८ क्याम्पसमा निर्वाचन भएकोमा सुर्खेत क्याम्पस (शिक्षा) मा मत गणना हुन सकेको छैन । मत गणना भइसकेका २७ क्याम्पस मध्ये माओवादी केन्द्र को अखिल (क्रान्तिकारी) ले सबैभन्दा बढी क्याम्पसमा विजयी प्राप्त गरी पहिलो भएको छ ।

निर्वाचनको मत परिणाम आएका क्याम्पसहरु मध्ये १४ क्याम्पसमा क्रान्तिकारी विजयी भएको छ । यस्तै अन्य ७ क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ र ६ वटा क्याम्पसमा एमालेको अखिल विजयी भएको छ ।  क्रान्तिकारीका प्रदेश नम्बरं. ६ का इन्चार्जले दिएको जानकारी अनुसार प्रदेश नं. ६ मा तिला कर्णाली बहुमुखी क्याम्पस मान्मा कालिकोटमा क्रान्तिकारीले नेविसंघ र अखिलको संयुक्त प्यानललाई पराजित गरेर विजयी भएको छ ।

यस्तै राडी शिक्षा क्याम्पस रुकुम, सितल क्याम्पस चौरजहारी रुकुम, भेरी शिक्षा क्याम्पस गुमी सुर्खेत, मुसिकोट बहुमुखी क्याम्पस रुकुम, नलगाड बहुमुखी क्याम्पस, दल्ली जाजरकोट, नन्दादेवी बहुमुखी क्याम्पस कोटवाडा कालिकोट, शिवजन क्याम्पस सितलपाटी सल्यान, थारुला बहुमुखी क्याम्पस सल्यानमा क्रान्तिकारी विजयी भएको छ ।

यस्तै प्रदेश नं. ६ को सल्यानका बनगाड क्याम्पस वनगाड, सानोभेरी शिक्षा क्याम्पस रुकुम, सिम्रतु शिक्षा क्याम्पस रुघा रुकुम, स्यार्पु शिक्षा क्याम्पस बाफिकोट रुकुम, सिस्ने शिक्षा क्याम्पस रुकुमकोटमा पनि क्रान्तिकारीले विजयी हासिल गरेको छ ।

नेपाल विद्यार्थी संघले दैलेखको अवलपराजुलमा रहेको कोटदेउल जनआदर्श क्याम्पस, सुर्खेतको पश्चिममा रहेको जनता बहुमुखी क्याम्पस र जुम्लाको सिँजा बहुमुखी क्याम्पसमा विजयी भएको जनाएको छ ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नंम्बर ६ का संयोजक खड्क डांगीका अनुसार नेपाल विद्यार्थी संघले कालिकोटको कर्णाली प्रविधि बहुमुखी क्याम्पसमा पनि सभापति हात पारेको छ । यस्तै नेविसंघले सबैभन्न्दा धेरै सल्यानमा तीनवटा क्याम्पसहरु कपुरकोट क्याम्पस सल्यान, सारदा क्याम्पस सल्यान, जनकल्याण बहुमुखी क्याम्पस थारमारे सल्यानमा नेतृत्व पाएको केन्द्रीय उपाध्यक्ष डांगीले जानकारी दिए ।

यस्तै नेकपा एमालेको विद्यार्थी संगठन अखिलले विभिन्न जिल्लाका ६ वटा क्याम्पसमा विजयी हासिल गरेको छ । अखिलका केन्द्रीय कोषाध्यक्ष झपिन्द्र खत्रीका अनुसार दैलेखको दोर्णाञ्चल र नारायणी क्याम्पस, सुर्खेतको हिमशिखर क्याम्पस र अमरदीप क्याम्पस, मुगुको रारा बहुमुखी क्याम्पस र सल्यानको सल्यान बहुमुखी क्याम्पस मा विजयी हासिल गरेको छ ।
खत्रीले सुर्खेत सीम्ता बहुमुखी क्याम्पस पनि जितेको दावी गरेपनि सिम्तामा अन्य संगठनहरुले निर्वाचन नभएको दावी गरेका छन् ।

यसैबीच प्रदेश नं. ६ का दुई वटा आंगिक क्याम्पस मध्ये सुर्खेत क्याम्पस (शिक्षा) मा मात्रै निर्वाचन भएकोमा यो क्याम्पसमा मतगणना हुन सकेको छैन ।