२०७७ मंसिर २०, शनिबार

बालबालिकालाई छात्रबृत्ति वितरण

सुर्खेत, फागुन २१ । लेखगाउँका अति जोखिममा परेका बालबालिकाहरुलाई छात्रबृत्ति वितरण गरिएको छ । गाँउ बाल संरक्षण समिति लेखगाउँको समन्वय तथा जिल्ला बाल कल्याण समिति सुर्खेतको सहयोगमा लेखगाउँका अति जोखिममा परेका दश जना बालबालिकाहरुलाई शैक्षिक निरन्तर सहयोग बापत जनही ५ हजार का दरले छात्रवृत्ती प्रदान गरिएको हो ।

गाबिस सचिब चेतन आर्चाय र जिल्ला बाल संरक्षण अधिकृत रमा भण्डारीले संयुक्त रुपमा उक्त छात्रबृत्ति रकम बितरण गरेको गाँउबाल संरक्षण समितीका अध्यक्ष रत्ना थापाले जानकारी दिइन ।