२०७७ मंसिर १०, बुधबार

नेपाल उधोग वाणिज्य संघले रौतहटमा विधान मिची केन्द्रीय सदस्यहरुले गरे मनोपोली

 रौतहट २१, फाल्गुन । नेपाल उधोग वाणिज्य संघले रौतहटमा विधान विपरीत काम आज केन्द्रीय सदस्यहरुले आफनो मनोपोली ढङ्गले समिति चयन गरिएको छ ।

rrrrrरौतहट उधोग वाणिज्य संघ वार्षिक सधारण सभाको निर्णयबाट पारित गरेको निर्वाचनको लागि समिति गठन गरिएको थियो । सो निर्वाचनको कार्यक्रमको मिति २०७३ माघ २२ गतेका दिन मतदान कार्यक्रम सम्पूर्ण तयारी गरी मतदान गराउन संचालन हुन भन्दा अगाडी सोही दिन बिहान ७ः१० बजे एक जना उम्मेदवार सदस्य स्र्व श्रीप्रकाश ठाकुरको अकासमिक निधन भएको थियो ।

निधन भएपछि उधोग वाणिज्य संघ रौतहटको सम्पूर्ण कार्यक्रमलाई समितिको निर्णयबाट रद गरिएको हुदा निर्वाचन समिति सबै सदस्यबाट रु.३००० र अध्यक्ष पदका उम्मेदवारका लागि रु.५००० को दरले रकम उठाएको हुदाँ निर्वाचन गराउनका पछि इन्कार गरेको तथा आफनै मनले विधान विपरीत आज २० गतेका दिन केन्द्रीय सदस्य धर्मनाथ जयसवाल, गुलनिधी तिवारी र बारा जिल्ला अध्यक्ष विनोध जयसवालले मिलेर रौतहट उधोग वाणिज्य संघको दुबै अध्यक्ष पदको उम्मेदवारको मिलोमतोमा निर्विरोध चयन गरी निर्णय गरेकाले जिल्लाका व्यापारीहरुले सो निर्णयलाई बहिस्कार गरेका समितिका सदस्य संजय कर्णले बताएका छन । निर्विरोध चयन भएको समितिको प्रत्येक वर्षमा अध्यक्ष फेर्ने निर्णयले नयाँ समिति बनाईएको छ ।