२०७७ मंसिर १३, शनिबार

नैतिकताको कसीमा यौन स्वतन्त्रता

जतिसुकै सामाजिक आवरण दिइए पनि यौन मानिसको नितान्त निजी जीवनको विषय हो । यौनलाई वैधानिकता दिने सामाजिक इन्स्टिच्युट चाहिँ विवाह हो । विवाहइतर पनि मानिसको जीवनमा यौनको आवश्यकता र औचित्य रहेकै हुन्छ तर समाजले त्यसलाई मान्यता नदिदा वा अपराधीकरण गर्दा विभिन्न मानसिक तथा सामाजिक समस्याहरु हुने गरेका छन् । निजी तथा गोपनीयता मानवीय यौनको प्रमुख विशेषता हो ।

bharatसमाजमा अरुलाई नोक्सान नहुने गरी निजी कुराको उपयोग गर्न हरेक मानिस स्वतन्त्र हुन्छ । अरुका निजी कुरामा उसको सहमतिविना प्रवेश गर्नु चाहिँ अपराध हो, मानवीय भावना र मर्यादाविरोधी कुरा हो । आपसी सौहार्दतामा कसैसित यौनसम्बन्ध राख्छ भने त्यो व्यक्तिको निजी कुरा हो । त्यसलाई नैतिकता वा सामाजिक मान्यताको स्खलनका रुपमा प्रचार गरी ठूलो मुद्दा बनाउनु भद्दा र अश्लील हर्कत हो ।

केही समय अघि सञ्चारका माध्यमहरुमा एउटा समाचार आएको थियो – अन्तरजातीय र अनमेल विवाह गरेका भनी बृद्धबृद्धालाई गाउँ निकाला गरियो । समाचारको प्रकाशनपछि त्यस वृद्धवृद्धाको जोडीमाथि सहानुभूति देखाउने कथित सामाजिक संघसंस्था, बुद्धिजीवी, अधिकारकर्मी, समाजसेवी तथा सचेत नागरिक भनिनेहरुको तिहार सुरु भयो ।

तत्काल गाउँ निकाला गरिएका गुल्मीको कुनै गाउँका पराजुली थरकी महिला र सुनार थरका बृद्ध पुरुषलाई पुनःस्थापना गर्न महिलाअधिकारकर्मी, दलितअधिकारकर्मी देखि प्रमुख जिल्ला अधिकारीसहितको सहभागिता रहेको पनि समाचारमा उल्लेख थियो । उनीहरुको पुनःस्थापना मात्र गराइएन विवाह समेत गराइयो ।

उक्त समाचार अनुसार नै पनि भएको के रहेछ भने ४५ वर्षभन्दा माथि उमेरकी पराजुलीका श्रीमान् मानसिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति रहेछन् । ६० नाघेका सुनारकी पनि श्रीमतिको मृत्यु भइसकेको रहेछ । उनीहरुबिच नाजायज सम्बन्ध रहेको आरोप लगाई गाविसका कर्मचारीदेखि जान्नेसुन्ने भनिने कथित उपल्ला जातका अगुवाहरुबाट गाउँ निकाला गरिएको रहेछ ।

यहाँ प्रष्ट छ सुनार र पराजुलीलाई लगाइएको आरोपमा प्रयोग गरिएको नाजायज सम्बन्धको अर्थ यौन सम्बन्ध भन्ने नै हो । उनीहरुबिच कुनै सम्बन्ध थियो या थिएन थाहा छैन र भए पनि त्यो उनीहरुको नितान्त निजी कुरा हो । पराजुलीका नाबालक छोराछोरीहरु छन् र तिनको लालनपालन उनले ज्यालामजदुरी गरेर गरिरहेकी थिइन् । समाज भनिएको केही ठालुहरुको ढोङका कारण पहिले गाउँनिकाला र पछि पुनःस्थापनाका नाममा सुनारसित विवाह गराइएकी पराजुलीको परिवारको विघटन र नाबालक छोराछोरीको विचल्ली भएकोतिर अधिकारकर्मी भनिने एनजिओका जागिरेहरुले सोच्नुपर्ने आवश्यकता महशुुस गरेनन् ।

यौनलाई विज्ञानले शारीरिक र मानसिक नितान्त प्राकृतिक प्रक्रियाका रुपमा लिएको छ । यसलाई व्यवस्थित गर्नका लागि समयक्रममा समाजसापेक्ष विभिन्न मूल्य र मान्यताहरु बनेका छन् । समाजको परिवर्तित स्वरुप, परिवेश र आवश्यकताहरुले त्यस्ता मूल्यहरुमा फेरबदल ल्याउदै आएको पनि छ ।

मानवीय यौन केवल शरीरसँग मात्र सम्बन्धित नभई अधिकतर मन र भावनासित पनि सम्बन्धित भएकाले यसलाई एनाटमी वा फिजियोलजीको मात्र विषय नबनाई मनोविज्ञानको विषयका रुपमा विश्लेषण गरिन्छ । मनमा दमित एषणा वा कामवासनाको अत्यधिक दमनका कारण मानिसमा डिप्रेसन आउने, चिडचिडाहट हुने मात्र होइन मनोकुण्ठा जन्य विकृति उत्पन्न हुने र मानसिक सन्तुलनमा प्रतिकूल अवस्था आउने खतरा हुन सक्छ भनी चिकित्साशास्त्रीहरु नै भन्छन् । त्यसैले यौनको कामना वा इच्छित वासनालाई दमन गर्नुभन्दा त्यसको सहज परिपूर्ति हुनु मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि उपयुक्त हो । तर हाम्रो समाजले अविवाहित तथा एकल व्यक्तिहरुको यौन चाहनालाई मान्यता दिएको छैन, जुन प्रमुख समस्या हो ।

अध्यात्ममा यौनलाई आशक्ति र रागका रुपमा बढी व्याख्या गरिएको छ । कतिपय धर्ममा त यौनलाई नरकको बाटो भनेर पनि व्याख्या गरिएको छ । ब्रह्मचर्यलाई उपयुक्त मानिएको छ । कुमारी वा कुमारलाई पवित्रताको प्रतीक मानिएको छ । त्यसले यौन क्रियाकलाप गर्नु नै खराब हो र गर्नै परे पनि पतिपत्नीबाहेकसित गर्नु त झन अपराध नै हो भन्ने मान्यता स्थापित गरेको छ । यही मान्यताका कारण कुनै पनि कारणले पतिपत्नीसित टाढा रहेका व्यक्तिहरुले आप्mना जैविक आवश्यकता पूरा गर्न नपाउने र उनीहरुका पारिवारिक जीवन नै तहसनहस हुने जस्ता समस्या देखिने गरेका छन् ।

अध्यात्म भनेको इश्वर प्राप्त गर्ने मार्गको खोजी हो । अध्यात्मले विज्ञान, संज्ञान, संवेदना र संस्कारको चक्रबाट मुक्त हुन समभाव र अनाशक्त भावले व्यवहार गर्ने अभ्यासमा लाग्नुपर्ने कुरामा जोड दिन्छ । तर यहाँ प्रश्न उठ्छ जो भोकै छ त्यो कसरी अनाशक्त हुने अभ्यास गर्न सक्ला ? जसलाई रागकै अनुभूीति छैन ऊ कसरी विराग (वैराग्य)को मार्गमा जान सक्ला ? जसले भोगकै तृप्ति प्राप्त गरेको छैन त्यसले कसरी योगको बाटो लिन सक्ला ? त्यसैले यौनलाई निषेधको घेरामा होइन व्यक्तिको स्वतन्त्रतामा सामेल गर्नु पर्छ जसबाट व्यक्ति असन्तुलित हुनबाट जोगिन्छ । शारीरिक तथा मानसिक स्वास्थ्य दुरुस्त भएको व्यक्ति आध्यात्मिक तथा सांसारिक जीवनमा सफल हुन सक्छन् नत्र आफैँ रुग्ण व्यक्तिबाट कसरी सफलता र सामाजिक योगदानको आश गर्न सकिएला र ।

बिबाह सामाजिक तथा कानुनी कुरा हो भने यौन नितान्त जैविक र व्यक्तिगत कुरा हो । यौनका सन्दर्भमा पनि कानुनी तथा सामाजिक नियम र नियन्त्रणका प्रावधानहरु बनाइएका हुन्छन् तर ती कहिल्यै सर्वमान्य हुँदैनन् । यौनमा सर्वथा गोपनीयतालाई प्राथमिकता दिइने हुनाले यसमा समाजले वा राजनीतिले बनाएका सबै नियमहरु पालना गरिएका हुँदैनन् । त्यसैले कससित कहिले यौन सम्बन्ध राख्ने वा नराख्ने भन्ने कुरा दुई जना व्यक्तिको आपसी समझदारीमा भर पर्ने कुरा हो, यसमा तेस्रो पक्षले हस्तक्षेप गर्नु नै अमर्यादित कुरा हो ।

हाम्रो समाजले लोग्नेस्वास्नीबिच मात्र यौन सम्बन्ध हुनुपर्ने नियम बनाएको छ । जुन समयमा यो नियम बनेको थियो त्यस बेलाको सीमित सामाजिक अन्तःसम्बन्धहरु र परिस्थितिजन्य आवश्यकताले यो आवश्यक थियो होला । आजको समयमा यौन सम्बन्धलाई त्यति ठूलो बनाउनुपर्ने आवश्यकता छैन । कोही पनि दुईजना सक्षम व्यक्तिका बिच परस्पर सहमति हुन्छ र उनीहरु सम्बन्ध राख्छन्, कुरा सकियो ।

आप्mनो त्यस सम्बन्धप्रति उनीहरु स्वयम् जिम्मेवार हुन्छन् । अरुले औलो उठाउनुुपर्ने आवश्यकता नै किन रह्यो । मानिसका जैविक आवश्यकताहरु पनि हुन्छन् । ती आवश्यकताहरुको परिपूर्तीका लागि उसले अरुलाई जबर्जस्ती गर्न र हानी पु¥याउन पाउँदैन । यौन बाहेक पनि मानिसले जीवनमा गर्नुपर्ने धेरै महङ्खवपूर्ण कामहरु हुन्छन् । त्यसैले यौनलाई जति सरल र सजिलो विषय बनायो जीवन त्यति नै सहज हुने हो । जब यौनको आधारभूत आवश्यकताकै लागि मानिसले महाभारत लड्नुपर्ने वा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ तब उसले कसरी अन्य क्षेत्रमा प्रगति गर्ने समय र सामथ्र्य जुटाउन सक्ला ।

पराजुलीको घटनामा पनि भएको यही हो । मानौँ पराजुली र सुनारबिच यौन सम्बन्ध रहेकै हो अरे । के फरक प¥यो त । त्यसलाई यति ठूलो मुद्दा बनाएर गाउँ नै निकाला गर्नुपर्ने वा विवाह नै गराइदिनुपर्ने आवश्यकता किन प¥यो । के पराजुलीले सुनारसित जबर्जस्ती गरेकी हुन् ? के सुनारले पराजुलीसित जबर्जस्ती गरेका हुन् ? होइनन्, उनीहरु दुबै जनाको परस्पर समझदारी हो भने अरुलाई के मतलब । जबर्जस्ती गर्ने त समाज भनिएको उपल्लाहरुको जमात हो ।

बलात्कारी अपराधी त उनीहरुलाई जबर्जस्ती बिहे गराउने वा गाउँ निकाला गर्ने सभ्य ठानिएका अभियन्ताहरुको जमात हो । सुनार र पराजुलीको व्यक्तिगत जीवनमा प्रवेश गरेर परिवार तहसनहस बनाउने यस जमातलाई समाज भन्ने कि सामाजिक रोग भन्ने ? यस रोगको उपचार चाहिदैन ? पराजुलीका श्रीमान् अशक्त भएका कारण उनको जैविक आवश्यकता पूरा गर्न सुनारलाई उपयुक्त पात्र देखिन् । श्रीमतिको मृत्यु भइसकेका सुनारले आप्mनो जैविक आवश्यकताको परिपूर्तीका लागि पराजुलीलाई उपयुक्त पात्र देखे ।

उनीहरुका आवश्यकताहरु समान भए सहमति भयो र सम्बन्ध भयो भने त्यो कसरी नाजायज भयो । जैविक आवश्यकताको परिपूर्तिका लागि उनीहरु एकअर्काका सहयोगी भए । उनीहरुले एकअर्काको भावना बुझेँ र प्रेम गरे तर उनीहरुलाई सामाजिक ढोङ देखाएर पारिवारिक विखण्डनमा पु¥याउने काम त यही समाजले ग¥यो ।

इमान्दार भएर भन्ने हो भने सबैलाई थाहै छ पतिपत्नीबिच मात्र यौन सम्बन्ध राख्ने समाज संसारमा कही छैन र हुन पनि सक्दैन । त्यसैले पुरुषप्रधान हुदाँ समाजमा पतिबाहेक अरुसित यौन सम्बन्ध राख्न महिलालाई निषेध गरिन्छ तर पुरुषलाई स्वतन्त्र छाडिन्छ भने मातृसत्ताका अवशेष जस्ता देखिने समाजमा महिलालाई यौनमा केही स्वतन्त्रता दिइन्छ र पुरुषलाई निषेध गरिन्छ ।

हिन्दू, इस्लाम जस्ता धर्म मान्ने समाजमा पतिसित बाहेक अरुसित यौन सम्बन्ध राख्न महिलालाई निषेध गरिएको छ तर पुरुष जतिजनासित पनि त्यस्तो सम्बन्ध राख्न स्वतन्त्र छ । यसबाट के पुष्टि हुन्छ भने समाजमा विवाहित दम्पतिबिच मात्र यौन सम्बन्ध रहनुपर्छ भन्ने नियम कहिल्यै पनि पूर्ण रुपले पालना भएको छैन । विवाह अघिको यौन सम्बन्ध पहिले पनि समाजमा थियो, आज पनि छ र यो रहिरहन्छ, यसमा कसैले टाउको दुखाउनु आवश्यक छैन ।

एकल पुरुषलाई वा महिलालाई पनि उसका जैविक आवश्यकता पूरा गर्ने वा नगर्ने पूर्ण अधिकार छ, यो उसको नितान्त निजी कुरा हो । यसलाई सार्वजनिक विवादको मुद्दा बनाउनु र नैतिकता वा सामाजिक मर्यादासित जोडेर जबर्जस्ती गर्नु अमानवीय व्यवहार हो ।