२०७७ कार्तिक ४, मंगलवार

सुर्खेतमा मन्टेश्वरीको छाता संगठन

cropped-nayanepal.jpgसुर्खेत, साउन २३ ।
सुर्खेतमा रहेका मन्टेश्वरीहरुको पेशागत हक हितको लागी मन्टेश्वरी छाता संगतन निर्माण गरिने भएको छ । ह्याप्पी डिनर गार्डेन र शरस्वती मन्टेश्वरी संयुक्त आयोजनामा गरिएको क्रियाशील मन्टेश्वरी भेलाले यस्तो निर्णय गरेको हो ।

बाल शिक्षाको लागि योगदान दिएका मन्टेश्वरीहरुको पेशागत हकहितका लागी सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिइएको छ । बालबालिकालाई शिक्षाको बाटो देखाउने मन्टेश्वरीहरुको लागि संगठन आबश्यक भएको ठहर गर्दै भेलाले यसको लागि छिट्टै छाता संगठन निर्माणमा लाग्ने बताइएको छ ।

भेलाले ७ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । जसको अध्यक्षमा माया सिंह, सचिवमा मनराज शाही, सह–सचिवमा कविता श्रेष्ठ, कोषाध्यक्षमा साराधा रेग्मी, र सदस्यहरुमा सावित्रा विक, तुल्सि भण्डारी र नीरा शाही चयन भएका छन् ।

भेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टार डाक्टर महेन्द्रकुमार मल्लको प्रमुख आतिथ्यतामा भएको हो । भेलामा सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघ जिल्ला शाखा सुर्खेत सदस्य पूर्णप्रसा पौडेल लगायतको पनि उपस्थिति रहेको थियो । भेला सुमन चपाइको अध्यक्षतामा सम्पन्न भएको हो ।