२०७७ मंसिर १४, आईतवार

कोपिला भ्यालीद्वारा २ विद्यालयलाई ३२ लाख सहयोग

  कोपिला भ्याली सेवा समाजले सुर्खेतका दुईवटा विद्यालयहरुलार्य सहयोग गरेको छ । वीरेन्द्रनगरमा १५ पर्सेनीमा रहेको कोपिला माध्यामिक विद्यालय र लेखपराजुल ३ मा रहेको नेपाल राष्ट्रिय निमावीलाई गरी समाजले ३२ लाख सहयो गरेको हो ।

helpवीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी कोपिला भ्याली समाजले चेक रकम हस्तान्तरण गरेको हो । कोपिला माध्यामिक विद्यालयलाई भवन निर्माणका लागि ३० लाख रुपैयाँ र लेखपराजुलको थर्मुसेमा रहेको विद्यालयलाई फर्निचरका लागि २ लाखको चेक हस्तान्तरण गरिएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा कोपिला भ्याली माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षय रविन्द्र जंग शाही र नेरा निमाबि थर्मुसे लेखपराजुलका शिक्षक पूर्ण शाहीले रकमको सदुपयोग हुने बताए । थर्मुसेको विद्यालय गत २०७० को मा आएको पहिरोले सबै बगाएको थियो । उत्तः विद्यालयमा अहिले नयाँ भवन निर्माणाधिन अवस्थामा रहेको र सोही भवनका लागि फर्निचरका लागि रकम सहयोग गरिएको हो ।

कोपिला माविमा पनि बाढीले असर गरेको भनि सहयोग गरिएको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रम कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको हो ।