२०७७ मंसिर ९, मंगलवार

घाटगाँउमा गाडी पुग्दा स्थानीय खुसी

सुर्खेत फागुन २४ ।  पशिचम सुर्खेतको घाटगाँउमा गाडी पुग्दा स्थानीय बासिन्दा खुसी भएका छन । जिल्ला विकास समिती सुर्खेतबाट ७ लाख सहयोग र गाविसबाट २० लाख सहयोगमा निमार्ण सडक निमार्ण कार्य सम्पन्न भएको हो ।

bus
तस्विर : फाईल

स्थानीय बासीन्दाको सक्रिय सहभागितामा बिस दिनमै सडक घाटगाँउमा पुगेको थियो । निमार्णमा गुटु घाटगाँउ बाटो निर्माण उपभोक्ता समितिको अध्यक्ष जनक बहादुर रावलको अध्यक्षतामा निमार्ण कार्य भएको हो ।

बाटो निमार्णमा माओवादी केन्द्रको पहलमा घाटगाँउमा सडक निमार्ण कार्य भएको माओवादी केन्द्राका वडा अध्यक्ष नविन बमले जनाकारी दिएका छन ।