२०७७ माघ ९, शुक्रबार

उद्यमी बन्दै सुर्खेतका मगर महिलाहरु, स्थानीय स्तरमै रोजगारी सिजृना गरी आत्मनिर्भर

सुर्खेत फागुन २४ ।  सुर्खेतका मगर महिलाहरु उद्यमशिल बनेर आत्मनिर्भर बन्न थालेकाछन् । मगर महिला संघ सुर्खेतको पहलमा यहाँका मगर महिलाहरु उद्यमशिल बन्नुका साथै स्थानीय स्तरमै रोजगारीको सृजना गरी आत्मनिर्भर बनेका हुन् ।

जोस जाँगर भएर पनि कुनै अवसर नपाएर बञ्चित महिलाहरुलाई नेपाल मगर महिला संघ सुर्खेतले रोजगारी सिर्जना गरेको जनाएको छ । सधै घरको चुलो चौकोमा सीमित बनाइएका महिलाहरु आत्मानिर्भरको बाटो अगाल्न थालेका छन । नेपाल मगर महिला संघले खाली समयको सदुपयोग गरी आयआर्जनको बाटोतिर उन्मुख बनाएको छ ।

Exif_JPEG_420

मगर महिलाहरुलाई सृजनशिल र उद्यमी बनाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न ढाका बुनाई सम्बन्धी तालिमहरुको आयोजना गरी सीप प्रदान गरेर महिलाहरुलाई व्यवसायी बनाउन सहयोग पु¥याइएको मगर महिला संघले जनाएको छ । नेपाल मगर महिला संघले उद्यमसिलता विकास तालिम ढाका सिलाई बुनाई विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको छ ।

महिलाहरुलाई लक्षित गरी स्थानीय श्रोत साधानको उपयोग गरी उद्यमसिलता तथा व्यवसायी मुखीबनाउने उद्देश्यका साथ २०६३ सालबाट सूरु गरिएको थियो । नेपाल मगर महिलाहरुको प्रयासले अहिले धेरै मगर महिलाहरु उद्यमशिल बनिसकेकाछन् । ढाका बुनाईको रुपमा प्रशिक्षक रहेकी लक्ष्मी सारु मगरले सूरुमा आफुले ६ महिने तालिम लिएर प्रशिक्षक बनेर अरुलाइृ सिकाइरहेको बताइन । तीन महिलाको तालिम लिएर अलिअलि सिकेकी उनलाई पनि मगर महिला संघले थप तालिक लिने अवसर दिएको थियो ।

अहिले लक्ष्मीले आफू पनि काम गर्दै आफू जस्तै अरु दिदीबहिनीहरुलाई पनि तालिम दिदैआएकी छन । यो पेशाले आत्मानिर्भर बन्ने बाटो सिजृना गरेको सारु मगरको भनाई रहेको छ । साटाखानी ८ कि जमुना रेस्मी मगर कक्षा १२ अध्ययन गर्दै ढाका बुनाई गर्दै आत्मानिर्भर बनेकिछन । उनले तीन महिनाको तालिम लिइसकेपछि पढाई सँगै ढाका बुनाईबाट आत्मनिर्भर बन्न थालेकी हुन् ।

रेस्मीले आफ्नो फुपुले मगर महिला संघले तालिम दिन्छ भने थाहा पाएपछि फर्म भरेर तालिममा छनौट भएकिथिइन । उनीसंगै १६ जनाले तालिम लिएका थिए । त्यसमध्ये २ जनाले व्यवसायी रुपमा काम गर्दै आएकाछन् । पढाई सँगै व्यवसायी बन्ने लक्ष्यका साथ आफूले तालिम लिएर व्यवासयमा लागेको बताइन । ‘‘सीप सिकेपछि अब आत्मा निर्भर बन्न सकिन्छ भन्ने लागेका छ,’ उनले भनिन्–‘अब पढाइसंगसंगै व्यवसाय पनि अघि बढाउँछु ।’’

जमुना मात्र होइन १४ वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाधिएकी पाम्का–५ सुर्खेतकी कौशिला पुन मगरको पनि ढाका बुनाई आत्मनिर्भरको बाटो बनेको छ । अहिले श्रीमानले अर्को विवाह गरेर श्रीमान बेपता भएपछि समस्यामा परेकि उनले तालिम लिएपछि उनले अहिले सुर्खेत ढाका उद्योगमा काम गरिरहेकिछन् । ‘‘श्रीमानसँग सम्बन्ध विच्छेद भएको १ वर्ष भयो कहाँ छन भन्ने थाहा छैन,’ उनले भन्–ि‘अहिलेसम्म माइती घरमा बस्दै आएकी छु, के गर्नु काम गर्नै पर्ने आत्मा निर्भर बन्न ३ महिनाको तालिम लिएकि हुँ ।’’

अहिले सुर्खेत ढाँका उद्योगमा आफूहरुले ढाका टोपी ,रुमाल,सारी,चोली झोला, सल ,दोस्लला लगायत बुन्दै आएको बताइन । नेपाल मगर महिला संघ सुर्खेतकी अध्यक्ष नन्दाकला थापा मगरले अहिले १३ जनालाई प्रत्यक्ष रुपमा रोजगारी सिजृना गरेको भन्दै मगर महिलाहरुलाई स्थानीय स्तरमै रोजगारी बनाउने उद्देश्यले ढाका उद्योग सञ्चालन गरेको बताइन । उनले बजार व्यवस्थापन नहँुदा समस्य ाभएको बताइन ।

अहिले उद्योगबाट उत्पादन भएका कपडाहरु आफूहरुकै लगनशील सरकारी अन्तगर्तको कोशेली गुहमा पठाउने गरेको उनले बताइन । कोशेली गृहबाट कपडाहरु विक्रि गर्ने गरेको उनको भनाइृ छ । अहिले आफूहरुले कर्णाली अञ्चलका कालिकोटमा केही सामानहरु पठाउने गरेको बताइन ।

अब हुम्ला,जुम्ला, मुगु, डोल्पा, दैलेख, जाजरकोट,लगायतका जिल्ला लिने व्यपारीलाई विशेष छुटमा उपलब्ध गराइने अध्यक्ष थापा मगरको भनाई रहेको छ ।