२०७७ मंसिर १५, सोमबार

विभिन्न भाषाभाषिका लोकगीत गायन सम्मेलन

सुर्खेत फागुन २५ ।  यहाँको वीरेन्द्रनगरमा विभिन्न भाषाभाषिका लोकगीत गायन सम्मेलन हुने भएको छ । प्रदेश नं ६ को सम्भावित राजधानी सुर्खेतमा विभिन्न भाषाभाषिका नागरिकहरुको बाहुल्यता रहेको प्रदेशमा नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठनको आयोजनामा सम्मेलन हुने भएको हो ।

पछिल्लो समयमा साँस्कृतिक लोक गायन परम्पराहरु हराउँदै गएपछि साँस्कृतिक लोप हुने अवस्था सिर्जना हुदा कतिपय पुराना बाजा गीतहरु हराउन थालेकोले यो सम्मेलन गर्न लागिएको वरिष्ठ संगितकार बुलु मुकारुङले बताएका छन । पत्रकार सम्मेलनमा मुकारुङले पुराना सम्पदा र साँस्कृतिक भाषालाई जगेर्ना र तथ्याङकको रुपमा रहने बताए ।

विभिन्न पुरना प्रतिभा संस्कृतिहरु समाजबाट उझेल परेको हुदा मेटिने खतरा भएकोले बचाउनका लागि सम्पूर्ण सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको मुकारुङले बताए । सम्मेलनमा प्रदेश नं ६ राजधानीमा आ आफनै संस्कृति र परम्पराको भाषामा गितहरु गाउने त्यसबाट उत्कृष्ठ रहेको गितहरु सेमभेक डिजिटल रेर्कडिङ्ग स्टुडियोबाट रेकर्ड गरिएने भएको छ ।

सम्मेलनकै अवसरमा यसै क्षेत्रबाट उदाएर उठेका स्थापित ४ जना कलाकार लेखफर्सा ७ निवासी आइतराम बोटे,भिमा सुवेदी,खडक कुमारी पुन, दिनेश गौतम लगायतका कलाकारलाई सम्मान गरिने भएको छन । वरिष्ठ संगितकार बुलु मुकारुङ्गले भने यो क्षेत्रमा अध्ययन गर्दा विभिन्न जातिहरु तामाङ,गुरुङ्ग,मगर,बोटे, राजी,थारु,क्षेत्रीहरुको बस्ती रहेको छ ।

त्यसमा राजी,बोटे जातिको साँस्कृति लोप हुन लागेको वरिष्ठ संगीतकार बुलु मुकारुङले बताएका छन । वरिष्ठ संगीतकार मुकारुङले विभिन्न स्थानहरुमा अध्ययन गर्दा विभिन्न जातजातिहरुको बस्तीमा पुराना गीतहरु, साँस्कृतिक बाजागाजाहरु लोप हुन लागेकोले यो सम्मेलनमा गायिएका गीतहरु उत्कृष्ठ स्थानमा सफल गीतहरुलाई समभेक स्टुडियोबाट रेकडिङ्ग गरिने बताए । सम्मेलनमा परिषद्की सदस्य पवित्रा घर्ति मगरले काउन्सिलिङ्ग गर्ने मुकारुङ्गले बताएका छन ।