२०७७ माघ ७, बुधबार

खेलकुद कर्मचारी संघमा राई

सुर्खेत, फागुन २५ । सुर्खेत जिल्ला खेलकुद कर्मचारी संघको अध्यक्षमा प्रदिप कुमार राई चयन भएकाछन् । मंगलबार सम्पन्न पाँचौ जिल्ला अधिबेसनबाट राई अध्यक्षमा चयन भएका हुन् ।

यस्तै संघको उपाध्यक्षमा रमेश कुमार तुलाधर, सचिवमा भुवन थापा, कोषाध्यक्षमा तेजु गुरुङ चयन भएकाछन् । यस्तै सदस्यहरुमा दिलिपसिंह ठकुरी, रामबहादुर वली र सोनामाया थापा चयन भएकाछन् ।

अधिबेशन रामबहादुर वलीको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिबेशनमा उपाध्यक्ष जनकबहादुर रावल र कार्यालय प्रमुख निलमणि सापकोटाको पनि उपस्थिति रहेको थियो ।