२०७७ माघ १२, सोमबार

अखिल (क्रान्तिकारी) बाट नयाँ संस्कारको सुरु, स्ववियुमा निर्वाचित टिमलाई बधाई तथा सम्मान

सुर्खेत, फागुन २५ । सामान्य तया कुनै पनि प्रतिस्पर्धामा कसैसंग हार ब्यहोर्नुभन्दा प्रतिसोध र बदलाको भावना हुन्छ । कुनै न कुनै किसिमले आफ्नो प्रतिद्वन्दीलाई घुडा टेकाउछु भन्ने भावनाको सिर्जना हुन्छ । तर सुर्खेत क्याम्पस (शिक्षा) मा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले नयाँ राजनीतिक संस्कारको सुरुवात गरेको छ ।

2यही फागुन १८ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा झिनो मत (१२) ले पराजय भोगेको अखिल (क्रान्तिकारी) ले नेकपा (एमाले) को अखिलका तर्फबाट निर्वाचित भएका पदाधिकारीहरु तथा सदस्यहरुलाई बृहत साँस्कृतिक कार्यक्रमका साथ क्याम्पस प्राङगण मै बधाई तथा सम्मान गरेको छ ।

क्याम्पस इकाइ कमिटको आयोजनामा गरिएको मतदातालाई धन्यवाद तथा निर्वाचित टिमलाई बधाई कार्यक्रममा क्रान्तिकारीका तर्फबाट पराजित भएका स्ववियु अध्यक्षका प्रत्यासि महेश जिसी लगायतले निर्वाचित अध्यक्ष अखिलका चक्रबहादुर शाही, सचिव अखिल कै हिक्मत बस्नेत, कोषाध्यक्ष क्रान्तिकारीका माधब सापकोटा लगायत अन्य अखिलका तर्फबाट निर्वाचित सदस्यहरुलाई खादा र अविरले सम्मान गर्नुका सार्थ बधाई दिएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य ठम्मर विष्टले क्रान्तिकारीले नयाँ राजनीतिक संस्कारको विकास गरेको भन्दै हारभित्र पनि जित देख्ने क्रान्तिकारीले समग्रमा जित निकालेको बताए । उनले क्रान्तिकारीलाई सधै विद्यार्थीका माझमा रहिरहन भन्दै अखिलका तर्फबाट निर्वाचित स्ववियु पदाधिकारीहरुलाई विद्यार्थीका समस्या समाधानका लागि केन्द्रि हुन सुझाव दिए ।

कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सचिवाललय सदस्य तथा सुर्खेत इन्चार्ज अजित बौडेलले पनि विद्यार्थीको हकहितका लागि क्रान्तिकारी सधै विद्यार्थी कै माझमा रहेको भन्दै क्रान्तिकारीले चुनाव नहारेको बताए । कार्यक्रममा संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सुर्खेत जिल्लाका सहइन्चार्ज देविचन्द्र उपाध्यायले क्रान्तिकारी सधै विद्यार्थीको साथी भएको र निर्वाचन हारेर पनि नयाँ सन्देश दिदै विद्यार्थी माझ आएको बताए ।

उनले शिक्षा क्याम्पसमा स्ववियुलाई विद्यार्थीका समस्या समाधानका लागि क्रान्तिकारीले सधै सहयोग गर्ने भन्दै स्ववियुलाई चलाएमान बनाउन निर्वाचित कमिटीलाई सुझाव दिए ।

कार्यक्रममा अध्यक्षका प्रत्याधि महेश जिसीले आफूले हारलाई सहर्ष स्वीकार गर्दै आफूलाई पराजित गरेका अध्यक्षलाई कार्यक्रमका बीच सम्मान तथा बधाई दिएको बताए । उनले बदला र प्रतिसोधको राजनीति नभई एकताको राजनीतिक संस्कार बसाल्न आवश्यक भएकोले क्रान्तिकारीले पराजित मानसिकताबाट नभई बौद्धिक मानसिकताले अगाडि बड्ने बताए । निर्वाचनमा पराजित भएपनि सधै विद्यार्थी माझ आउने भन्दै उनले विद्यार्थीको साथी भएर काम गर्न प्रतिबद्धता जनाउँदै निर्वाचित स्ववियु कमिटीलाई विद्यार्थीको हकहितका लागि स्ववियुलाई चलाएमान बनाउन सुझाव दिए ।

कार्यक्रममा नवनिर्वाचित स्ववियु अध्यक्ष चक्र शाहीले पनि विद्यार्थीहरुको मतको कदर गर्दै विद्यार्थीहरुको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए । क्याम्पसका सहायक क्याम्पस प्रमुख राजन कंडेल, अखिल छैटौका केन्द्रीय सदस्य धर्मराज दानी लगायतको सहभागितामा भएको कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।