२०७७ कार्तिक १२, बुधबार

पार्टी कार्यालयका लागि जग्गा दान

maiost-logoसुर्खेत, साउन २३ ।
नेकपा माओवादी केन्द्र सालकोट गाउँ विकास समितिको भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन् । सालकोट–५ पलैटेमा पार्टी कार्यालय बनाउनका लागि स्थानीय भवानीप्रसाल कंडेल र राजकुमारी कंडेलले जग्गा दान गरेको नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य खड्क बि.क.ले जानकारी दिए ।

शनिबार बसेको गाउँ सम्मेलन आयोजक समितिको बैठकमा उनीहरुलाई पार्टी कार्यालयका लागि ७ मिटर चौडाई र १७ मिटर लम्बाई रहेको जग्गा दान गरेका हुन् । यस्तै बैठकले ११ सदस्यीय सचिवालय पनि बनाएको छ ।

आयोजक समिति संयोजक डिल्लि न्यूरेको अध्यक्षतामा बसेको बैठकले भवन निर्माणको तयारी गर्ने निर्णयसमेत गरेको छ । साथै यसै बैठकले स्थानीय कृषकहरुलाई व्यवसायिक कृषि पेसामा प्रेरित गर्नका लागि कृषि सहकारी निर्माण गर्ने निर्णय पनि गरेको छ ।