२०७७ मंसिर १३, शनिबार

के वक्षस्थल देखाउनु नारी विरोधी हो ? एमाको तस्बिरले हंगामा

फागुन, एजेन्सी।

ह्यारी पोर्टर फिल्ममा हर्मायनीको भूमिका निभाएकी नायिका एमा वाट्सनले एक पत्रिकामा आफ्नो वक्षस्थलको हिस्सा देखाएर सामाजिक सञ्जालमा विवाद छेडेकी छिन्।

‘भ्यानिटी फेयर’ नामक पत्रिकाको लागि गरिएको फोटोसुटको यो तस्बिरले फेमिनिस्ट (महिलावादी वा नारी अधिकारवादी) हुनुको अर्थ के हो भन्ने विवाद सुरु भएको हो।

रेडियो प्रेजेन्टर जुलिया हार्टले ब्रीवर ट्वीटरमा लेख्छिन्, ‘उनी महिलालाई सेक्सुअलाइज गरिएको गुनासो गर्छिन् अनि फेरि आफ्नै कामबाट आफैलाई सेक्सुअलाइज गर्दैछिन्।’

यता एमा वाट्सनले आफ्नो तस्बिर विवादमा ‘महिला-विरोधी’ भनि लगाइएको आरोपको विषयमा आफु अलमलमा परेको र यसको अर्थ के हो बुझ्न नसकेको बताएकी छिन्।

अब प्रश्न उठिरहेका छन् कि आफ्नो वक्ष प्रदर्शन के तपाई फमिनिस्ट हुन सक्नुहुन्छ ?

लैंगिक समानता र महिला अधिकारीको लागि काम गर्ने फसेट सोसाइटीकी प्रमुख कार्यकारी स्याम स्मिदर्श भन्छिन्, एमा वाट्सनले महिला र युवतीको लागि हामीले भन्दा बढी काम गरेकी छिन्। मलाई लाग्दैनकि उनको निर्णयको लागि हामीले यस्तो निन्दा गर्न आवश्यक छ।’

बेलायतको च्यारिटी संस्था गर्लगाइडिङकी सदस्य भिक्टोरिया जेनकिन्सनका अनुसार यो फोटोसुटमार्फत एमा वाटसनको विशेषतालाई छोट्याउने र महिला अधिकारका लागि गरिएको उनको कामलाई सानो गर्ने कोसिस गरिएको छ ।

उनी भन्छिन्, ‘यो फोटोसुटमार्फत न त उनी गलत साबित हुन्छिन् न उनले महिला अधिकारवादीको रुपमा उनको काम सानो हुन्छ । महिलाको रुपमा हामी सबै अहिले एकै भएर लिंग समानताका लागि संघर्ष गर्नु आजको आवश्यकता हो ।’

भिक्टोरिया भन्छिन्, ‘महिलाले के गर्ने के नगर्ने भन्ने विषयमा आफ्नो विचार मानिसहरुले किन एक महिलामाथि थोपरिरहेका हुन्छन् । वास्तवमा एमाले के भन्न खोजेकी हुन् त्यो आलोचकले बुझ्न नसकेको एमाको कुरामा म पनि सहमत छु । एक महिलाले आफूले चाहेको गर्न पाउने अधिकार त हुनुपर्छ । सन् २०१७ मा फेमिनिजमको यहि अर्थ हुन आवश्यक छ ।’

तर वेस्ट इंगल्याण्ड युनिभर्सिटीमा फेमिनिजममाथि शोध गरिरहेकी डाक्टर फिन म्याके फेमिनिजमको अर्थ महिलाको छान्ने अधिकार होइन । उनी यो त एक सामाजिक न्यायसँग जोडिएको आन्दोलन बताउँछिन् ।

उनी भन्छिन्, ‘एमाका अनुसार फेमिनिजमको अर्थ ‘छान्नु’ र केही पनि ‘छान्ने स्वतन्त्रता’ हो, जुन एक बकवास हो । केही महिला अनौठा कुरा छान्छन्, केही यस्ता पार्टीको लागि काम गर्न चाहन्छन् जो महिलाको अबोर्शन, स्वास्थ्य र कल्याण जस्ता मुद्धा नकार्छन्।’

एमा वाट्सनसंग जोडिएको यो विवादले प्रश्न उठाएको छ, आखिर के हो फेमिनिस्ट हुनुको अर्थ ?

सन् २०१४ देखि संयुक्त राष्ट्रसंघको ‘वुमन गुडविल एम्बेसेडर’ समेत रहेकी एमा २६ वर्ष पुगिन। सन् २०१४ मा संयुक्त राष्ट्रसंघको हेडक्वार्टरमा ‘हि फर सी’ क्याम्पेन लञ्च गर्दै उनले गरेको भाषणले निकै चर्चा पाएको थियो।