२०७७ मंसिर १४, आईतवार

उपाध्याय, राठौर र शर्मा सम्मानित

सुर्खेत, २६ फागुन । तीन जना महिलालाई सम्मान १०७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सुर्खेतमा तीन जना महिलालाई सम्मान गरिएको छ ।

?

एम्नेष्टि ईन्टरनेशनल नेपाल र काँक्रेविहार युथ नेटवर्क सुर्खेतको समन्वयमा एम्नेष्टि ईन्टरनेशनल नेपाल लयर्स समूह–६९ ले दिवसका अवसरमा तीन जना महिलालाई सम्मान गरेको हो । कार्यक्रममा सफल व्यवसायी हिमाकुमारी उपाध्याय, एकल महिला संञ्जाल सुर्खेतका अध्यक्ष शीतलसिंह राठौर र जर्बुटा स्वास्थ्य चौकी का सिनियर अनमी सीता शर्मालाई सम्मान गरिएको हो ।

सफल व्यवसायी उपाध्याय सुर्खेतकै पूरानो, भवानी छापाखाना अफसेट प्रेस संचालन गर्दै आएकिछन् । त्यस्तै समाजसेवी राठौर हाल प्रसान्ति बुद्धाआश्रमको उपाअध्यक्ष, द्वन्द्व पिडित साझा चौतारीको क्षेत्रिय सहसंयोजक, शिविन नेपालको सदस्य, चेलिबेटी बेचबिखन बिरुद्धको अभियानको अभियन्ता का रुपमा समेत काम गर्दै आएकिछन् ।

त्यस्तै कार्यक्रममा सम्मानित भएकि अनमी सीता शर्माले पनि महिनावारीको समयमा सरसफाईको कमीले भविष्यमा पाठेघरको मुखमा क्यान्सरको जोखिमका बारेमा किशोरीहरुलाई जानकारी दिँदै आएकिछन् । उनले सरकारी तथा नीजि विद्यालयमा पढ्ने १ हजार ५ सय किशोरीहरुलाई महिनावारी सरसफाई सम्वन्धी शिक्षा दिईसकेकिछन् ।

कार्यक्रममा कुशल समाजसेवी जेसीआइ सिनेटर गेहेन्द्रप्रसाद दाहालले समाजका सफल व्यक्तिलाई मृत्युवरण गरेपछि सम्मान गर्ने परम्परा अब विस्तारै तोड्नुपर्ने बताए । समाज सेवा गर्ने अभिप्रेरणा प्रदान गर्नका लागि जीबित रहँदा नै सम्मान गरे देशको विकास हुने दाहालले बताए ।

कार्यक्रममा सम्मानित भएका महिलाहरुले सम्मान पाएकोमा खुसी व्यक्त गर्दै आफुहरुलाई काम गर्ने हौसला मिलेको बताएका थिए । एम्नेष्टि ईन्टरनेशनल नेपाल लोयर्स समुह–६९ सुर्खेतका संयोजक सीमा चन्दको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले महिलालाई अधिकारप्रदक बनाउनका लागि सबै लागी पर्नुपर्नेमा जोड दिएका थिए ।