२०७७ कार्तिक ८, शनिबार

माओवादी केन्द्रको एकता भेला

maiost-logoसुर्खेत, साउन २३ ।
मओवादी केन्द्र सुर्खेतले शनिबार पनि वीरेन्द्रनगर नगरपालिका विभिन्न वडाहरुमा एकता भेला गरेको छ । विभिन्नमाओवादी घटकहरु मिलेर माआवादी केन्द्र बनेपछि एकताको भाव गाउँसम्म सम्प्रेषण गर्ने उद्देश्यले एकता अभियान चलाएको माओवादी केन्द्रले शनिबार वीरेन्द्रनगर नगरपालिका ६ र १८, २२ र २३ मा एकता भेला सम्पन्न गरेको हो ।

वडा नम्बर ६ र १८ मा भएको भेलामा सुर्खेतका संयोजक तथा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य कृष्ण जिसी, दानसिंह सुनार, रत्नबहादुर गाहा, जीतबहादुर राना, विजय बराल लगायतका नेताहरुको सहभागिता रहेको थियो । यस्तै वडा नम्बर २२ र २३ मा भएको कार्यक्रममा पनि कृष्ण जिसी, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य लोकन्द्र राना र वीरेन्द्रनगर नरपालिकाका संयोजक डिल्लि सुवेदीको सहभागिता रहेको थियो ।