२०७७ मंसिर ११, बिहीबार

तेस्रो खेलकुद तथा रचनात्मक सप्ताह सुरु

सुर्खेत, फागुन २६ । विद्यार्थीको चौतर्फी व्यक्तित्व निर्माण र खेलकुदू भन्ने नाराका साथ मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको तेस्रो खेलकुद तथा रचनात्मक सप्ताह–२०७३ को उद्घाटन भएको छ ।

mu 1मप विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले बुधबार विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरमा उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन पछि बोल्दै उपकुलपति प्रा.डा. कोइरालाले विश्वविद्यालयको आफू नियुक्ति भएका ५३० दिनको स्मरण गर्दै विश्वविद्यालयको शैक्षिक प्राज्ञिक एवम प्रशासनिक विकासका लागि अहोरात्र खटिरहेको र विश्वविद्यालयको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहिचान चुलिएको दाबि गर्दै आफ्नो बाँकी कार्यकाल पूर्ण रुपमा विश्वविद्यालयको प्रगती र उन्नयनमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी विशिष्ट अतिथिको रूपमा विश्वविद्यालयका रजिष्ट्रार डा. मेहन्द्र कुमार मल्लले विश्वविद्यालय स्थापनाको संघर्ष स्मरण गर्दै विश्वविद्यालयको भौतिक पुर्बाधार विकास लगायत अध्ययन अध्यापन र अनुसन्धानको उन्नयनका लागि दक्षिण एसिया, युरोप र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरूसँग आपसी समझदारी पत्रमा हस्ताक्षर यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यतालाई स्थापित गर्न भरमग्दुर प्रयत्नशील भएको दाबी गरे ।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष झक्क शाहीको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा विभिन्न राजनीति दलहरुका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । सप्ताह चैत्र १ गते समापन हुने विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए ।