२०७७ मंसिर १५, सोमबार

दृष्टिबिहिनसँग सुर्खेत महिला जेसीज

सुर्खेत, फागुन २६ । वीरेन्द्रनगर १० मा रहेको दृष्टिबिहिन छात्राबासमा सुर्खेत महिला जेसीजवर्ष २०१७ ले राहतवितरण गरेको छ ।

?

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सुर्खेत महिला जेसीजले दृष्टिबिहिन छात्राबासमा रहेका छात्राहरुलाई आवश्यक समग्रीहरु सहयोग गरेको हो । श्री कृष्ण संस्कृत तथा साधारण मावि इत्राम अन्तरगत रहेको उक्त छात्राबासमा ७ जना छात्राहरु रहेका छन् । सामग्री छात्राबासकी धनमाया दर्लामीलाई हस्तान्तरण गरिएको थियो ।

महिला जेसीजले एक थानग्यास चुल्हो, छात्रालाई कपडा, दैनिक उपभोग्य सामग्रीहरु सहयोग गरेको हो । सुर्खेत महिला जेसीजकी अध्यक्ष एकता बस्नेतले छात्राबासमा आवश्यक सामग्रीहरु सहयोग गरेको बताइन् ।

कार्यक्रममा सुर्खेत महिला जेसीजकी संस्थापक अध्यक्ष एव्म नेपाल जेसीजकी पूर्व उपाध्यक्ष सीमा चन्द, विद्यालयका प्राचार्य यामलाल घिमिरे,सुर्खेत महिला जेसीजकी पूर्व अध्यक्ष ज्योति पौडेल, सुष्मा केसी, नेत्रहिन संघका केन्द्रीय सदस्य तारा ढकाल, वीरेन्द्रनगर जेसीजकी पूर्व अध्यक्ष सरस्वति बस्नेत र सुर्खेत महिला जेसीजका सम्पूर्ण पदाधिकारीहरु तथा सदस्य र छात्राबासका छात्राहरुको सहभागिता रहेको थियो ।