२०७७ मंसिर १६, मंगलवार

भ्याली मेरिडियनको वार्षिक उत्सव

सुर्खेत फागुन २६ । यहाँको वीरेन्द्रनगरमा रहेको भ्याली मेरिडियन एकेडेमी विद्यालयको ९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बुधवार सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता विद्यालयका व्यवस्थापन समितिका अध्यक्षय पदम बहादुर खडकाको रहेको कार्यक्रमको प्रमुख अतिथी मध्यपश्ञ्चिमाल विश्वविद्यालयका रजिष्टर महेन्द्र कुमार मल्लको रहेको थियो । वार्षिक उत्सवकमा बालबालिकाहरुका विभिन्न भेषभुषामा नृत्य प्रतियोगिता रहेको हो । कार्यक्रमबाटै एसएलसिमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरु र विद्यालयका शिक्षक शिक्षिका कर्मचारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एसोएस हर्मन माइनर विद्यालयका प्रिसिन्पल मुकुन्द्र कुमार गिरी,उषा बालबाटिका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सागर भुषाल,साउथ एसियन स्कुलका प्रिन्सिपल छत्र बडुवाल,आर्दश मेमोरियल विद्यालयका प्रिसिन्पल कल्पना कार्की, समाज सेवी भद्र भणडारी,नेपाल राष्टिय उद्योग व्यापार संगठनका प्रदेश नं ६ का अध्यक्ष मदन खडका, नेपाल राष्टिय उद्योग व्यापर संगठनका अध्यक्ष सुर्य थापा (विक्रम) लगायतका उपस्थिती रहेको थियो ।