२०७७ माघ ५, सोमबार

सुर्खेतका आदर्श नारीहरुको यस्तो छ विगत ‘जिवनी ‘

सुर्खेत,फागुन । तीन जना महिलालाई सम्मान १०७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सुर्खेतमा तीन जना महिलालाई सम्मान गरिएको छ ।

nariएम्नेष्टि ईन्टरनेशनल नेपाल र काँक्रेविहार युथ नेटवर्क सुर्खेतको समन्वयमा एम्नेष्टि ईन्टरनेशनल नेपाल लयर्स समूह–६९ ले दिवसका अवसरमा तीन जना महिलालाई सम्मान गरेको हो । कार्यक्रममा सफल व्यवसायी हिमाकुमारी उपाध्याय, एकल महिला संञ्जाल सुर्खेतका अध्यक्ष शीतलसिंह राठौर र जर्बुटा स्वास्थ्य चौकी का सिनियर अनमी सीता शर्मालाई सम्मान गरिएको हो ।

सफल व्यवसायी उपाध्याय सुर्खेतकै पूरानो, भवानी छापाखाना अफसेट प्रेस संचालन गर्दै आएकिछन् । त्यस्तै समाजसेवी राठौर हाल प्रसान्ति बुद्धाआश्रमको उपाअध्यक्ष, द्वन्द्व पिडित साझा चौतारीको क्षेत्रिय सहसंयोजक, शिविन नेपालको सदस्य, चेलिबेटी बेचबिखन बिरुद्धको अभियानको अभियन्ता का रुपमा समेत काम गर्दै आएकिछन् ।

त्यस्तै कार्यक्रममा सम्मानित भएकि अनमी सीता शर्माले पनि महिनावारीको समयमा सरसफाईको कमीले भविष्यमा पाठेघरको मुखमा क्यान्सरको जोखिमका बारेमा किशोरीहरुलाई जानकारी दिँदै आएकिछन् । उनले सरकारी तथा नीजि विद्यालयमा पढ्ने १ हजार ५ सय किशोरीहरुलाई महिनावारी सरसफाई सम्वन्धी शिक्षा दिईसकेकिछन् ।

यस्तो छ उनिहरुको वास्तविक जिवनी :

हिमाकुमारी उपाध्याय

बुवा यमलाल उपाध्यायर आमा दिपा कुमारी उपाध्यायको कोखबाट वि.सं.२०४७ साल चैत्र ११ गते सुर्खेत जिल्लाको कल्याण गा.वि.स. वडा नं. ८ मा जन्मिएकी हिमाकुमारी उपाध्याय सबैका लागि उदाहरणीय व्यक्तित्व बन्न सफल हुनुभएको छ ।

खाने मुखलाई जुँगाले छेक्न सक्दैन भने जस्तै एउटा नितान्त न्यून आर्थिक अवस्था भएको परिवारमा जन्म लिएर पनि अहिले करोडपतिको हैसियत बनाई सक्नुभएको छ । कुनै दिन साईकल चढेर पत्रिका बेच्दै आफ्नो जीवन निर्वाह गर्ने एउटा महिला आज सुर्खेत जिल्लाकै पूरानो भवानी छापाखाना अफसेट प्रेसको मालिक हुनुहुन्छ । कहिले भोकै त कहिले अनिँदो रहँदै जीवनका कष्टकर बाधा अबरोधसँग निरन्तर संघर्ष गरिरहनु भयो । कहिल्यै हार्नु भएन, कहिल्यै थाक्नु भएन ।

गरे के हुँदैन भन्ने कुरालाई प्रमाणित गर्दै आज २० जनालाई प्रत्यक्ष रोजगार दिन सफल हुनुभएकी उपाध्याय एउटा सफल व्यवसायिक मात्र नभएर कुशल समाजसेवीको रुपमा पनि परिचित हुनुहुन्छ । २०६७ साल मंसिर २९ गते दिपक बुढासँग वैवाहिक बन्धनमा बाँधिएकी उपाध्याय आफू सफल हुनुको श्रेय आफ्ना श्रीमानलाई दिनुहुन्छ ।

ईज्जत र पैसा नितान्त फरक चिज हुन पैसा हुनेवाला सबैसंग गर्वगर्न सक्ने चिज हुनु महत्वपूर्ण पक्ष हो । पहिला हामीलाई जड्याहा बाहुनका छोराछोरी देख्नेका छोराछोरी हाम्रो परिचय अंगिकार गर्दै छन भने हामी छुट्टै परिचय बोकेर गन्तव्यको बाटो लागीरहेका छौं । उनिहरुका आर्थिक, सामाजिक, नैतिक, राजनैतिक अप्ठ्यारामा उनिहरुका दरिलाखम्वा बनेका छौं । त्यसैले जिन्दगीमा नसकीने केही छैन ।

शितल सिहराठौर

बुवा पुर्ण गिरी र आमा मनकुमारी गिरीको कोखबाट वि.सं.२०२६ साल बैसाख २६ गते सुर्खेत जिल्लाको दहचौर गा.वि.स. वडा नं. ३ मा जन्मिएकी शितल सिह राठौरअहिले सबैका लागि प्रेरणादायी व्यक्तित्व बन्न सफल हुनुभएको छ । बाल्य अवस्था देखिनै अली चन्चले र दयालु स्वभावकि राठौर एक मध्यमवर्गीय परिवारमा जन्मीनु भएको थियो । वाल्य अवश्थाका दिनहरु हाँस्दै खेल्दै वितेता पनि १६ वर्षको उमेरमा पहिलो बिहे भएको थियो । विभिद कारण बस पहिलो बिहे सफल नभए पछि चन्द्रप्रताप सिंह राठौर संग दोस्रो बिहे गर्नुभयो ।

विगतका पिडाहरु भुल्दै मनमा अनगन्ती सपनाहरु संगालेर एउटा नयाँ जिन्दगीको सुरुवात गर्ने सोच बनायकि राठौरको जीन्दगीमा  आफुले कल्पना नै नगरेको घटना घट्यो । वि.सं.२०६१ फाल्गुन १३ गते विहान बुलबुले तालमा नुहाउँदै गर्दा श्रीमानको माओवादी द्धारा गोली हानी हत्या गरियो ।

एकछोरा, एकछोरी दुई सन्तान कि आमा राठौर, श्रीमानको मुत्यू पछि न त उहाँ संग बस्नलाई कुनै ठाउँ थियो न त खानालाई कुनै गास थियो । नत कसैको आस, आदर गर्ने ठाउँ नै थियो । सुन्यतामा, सडकबाट अर्को नयाँ जिन्दगीको सुरुवात गर्नु भयो ।
उहाँले लगाउँने सेतो कपडा र उहाँ बस्दै आएको समाज विच धेरै अन्तर थियोे । बेला बेलामा आगोमा घियू थपे जस्तै गरि समाजले पिडा मा झन पिडा दिनथ्यो । सुरुमा आफनो जिविकोपार्जन गर्न पोते बुन्न थाल्नु भयो । त्यस्पछि सडक विभागमा मासिक ४५ सयमा सुपरभाईजरको काम गर्नु भयो । चार वर्ष सुपरभाईजरको काम गरेपछि, बन पैदवारबाट जिल्ला वन कार्यलयमा काम गर्नु भयो । आफुले कमायको अलिकती पैसाले घर खर्च र समाज सेवामा खर्चिनु हुनथ्यो ।

अहिले एक सरो कपडा र एक छाक खानाको जोहो गर्न कुनै समस्या छैन । र त्यो भन्दा बढि पैसा कमाउँने चाहा पनि छैन । कक्षा दश सम्म अध्यान गर्नुभएकि राठौर । एकल महिला संस्था सुर्खेतमा आवद्ध भएर आफु जस्तै एकल महिलाहरुलाई वकालत, पैरवी, सचेतना गराउँने, समुह र संगठनमा आवद्ध गराएर हौसला बढाउँने काम गदै आउँनु भएको छ । हाल प्रसान्ति बुद्धाआश्रमको उपाअध्यक्ष, द्वन्द्व पिडित साझा चौतारीको क्षेत्रिय सहसंयोजक, शिविन नेपालको सदस्य, चेलिबेटी बेचबिखन बिरुद्धको अभियानको अभियन्ता हुँदै २०६९ बाट हालसम्म एकल महिला संस्था सुर्खेतको अध्यक्ष हुनुहुनछ ।

सिता शर्मा

बुवा नारायण प्रसाद शर्मा र आमा पार्वती शर्माबाट वि.सं. २०३५ साल भाद्र २९ गते सुर्खेत जिल्लाको वीरेन्द्रनगर वडा नं। १० मा जन्मिएकी सिता शर्मा, सुर्खेतको जर्वुटा स्वास्थ्य चौकीकी सिनियर अनमी हुनुहुन्छ ।

महिनावारीको समयमा सरसफाईको कमीले पाठेघरको मुखमा क्यान्सर हुन सक्ने भन्दै अभियान थालेको एक महिना भित्र उहाँलेसरकारी तथा नीजि विद्यालयमा पढ्ने १ हजार ५ सय किशोरीहरुलाई महिनावारी सरसफाई सम्वन्धी शिक्षा दिईसक्नुभएको छ ।

किशोरीहरुका लागि महिनावारी सरसफाई शिक्षा सम्वन्धी अभियानले किशोरीहरुमा सकारात्मक सन्देश दिएको छ । जागिरको सिलसिलामा दुर्गम गाउँमा काम गर्नु भएकी शर्मा भन्नुहुन्छः सुगम÷ दुर्गम सवैतिरका महिलामा पाठेघर खस्ने समस्या देखँे, जहाँ गएपनि एउटै समस्याले महिला दिदीबहिनीहरु पीडित भएको देखेपछि यो अभियान चलाउने प्रेरणा मिल्यो । समयमै सचेत गराउनको लागि अभियान थालेँ ।

यो सँगसगै उहाँले किशोरी मैत्री शौचालय बनाउन लगाउने, प्रयोगमा नआएकोलाई प्रयोगमा ल्याउने, विद्यालयमा प्याडको व्यवस्था गर्न लगाउने, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई आफैले प्याड समेत किनेर दिँदै आउनुभएको छ । लायन्स क्लव लगायत सुर्खेतका विभिन्न समाजिक संस्थामा सक्रिय ३८ वर्षिया शर्मा, यो अभियान सँधैभरी चलाउने सोचमा हुनुहुन्छ ।

सरकारी कामदेखि आफ्नो कर्तव्य भन्दा पनि माथि उठेर समाज सेवामा तल्लीन शर्मालाई समाज परिवर्तनको एउटा खम्बाको रुपमा लिन सकिन्छ । उहाँको यो अभियानलाई हामीले सबैले साथ र सहयोग गर्न आवश्यक छ ।