२०७७ मंसिर १६, मंगलवार

सिंहदरबारको अधिकार गाउँमा लैजान स्थानीयनिर्वाचन अपरिहार्य, ‘प्रधानमन्त्री’

फागुन २६, काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रितअधिकारलाई गाउँमा लैजान स्थानीयतहको निर्वाचनअपरिहार्य रहेको बताउनु भएको छ ।

????????????????????????????????????

बिहीबार राष्ट्रिय सूचनाआयोगको वार्षिक प्रतिवेदनबुझ्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘राजनीतिक संक्रमण लम्बिँदै जाँदाजनतामानिरासा छाउँछ, पश्चगामीशक्तिले टाउको उठाउने प्रयास गर्दछन् । नयाँ संविधानले स्थानीयतहमाव्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित महत्वपूर्ण अधिकार दिएको छ । तीअधिकारको कार्यान्वयनकालागिनिर्वाचनको कुनै बिकल्प छैन । स्थानीयतहको निर्वाचनले मात्र सिंहदरबारमा केन्द्रितअधिकारलाई गाउँमा लैजाने वातावरण बन्छ । त्यसैले स्थानीयनिर्वाचनअपरिहार्य छ ।’

सूचनाको हकलोकतन्त्रको स्तम्भभएकोमाप्रधानमन्त्रीले जोड दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सूचना र सूचनाको हकप्रभावकारी भयो भने मात्रै लोकतन्त्रबलियो हुन्छ । जनताले जतिसजिलै सूचना पाउँछन्, त्यति नै जनताको पक्षमा बनेका नियम, कानून र अधिकारहरु लक्षितवर्गमा पुग्दछन् र कार्यान्वयन हुन्छन् । आजको युगआफै पनि सूचनाको युगहो । तसर्थ, सूचनालुकाएर लोकतन्त्रबलियो हुन्छ, प्रशासनशक्तिशाली हुन्छ भन्ने ठान्नु भ्रमहो ।’

लोकतन्त्र संस्थागतगर्न निर्वाचनको कुनै बिकल्पनभएको प्रधानमन्त्रीले बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘लोकतन्त्रको व्यवहारिक प्रयोग भनेकै निर्वाचनहो । हामीकहाँ घोषणामा लोकतन्त्रलाई स्वीकार्ने तर लोकतान्त्रिक संस्कृतिको निर्माण र अवलम्बनगर्ने कुरामा समस्या छ । लोकतन्त्रकालागिनिर्वाचन र राजनीतिकप्रतिस्पर्धालाई सहजतापूर्वक आत्मसातगर्न जरुरी छ ।’

कार्यक्रममा राष्ट्रिय सूचनाआयोगकाप्रमूखआयुक्त कृष्णहरि बाँस्कोटा, आयुक्तहरु यशोदादेवीतिम्सिना, किरणकुमार पोखरेलले सूचनाको हकसम्बन्धिप्रतिवेदनलाई व्यवस्थापिका–संसदमा छलफल विषयबनाउनप्रधानमन्त्रीलाई आग्रहगर्नुभयो ।