२०७७ माघ ११, आईतवार

संघीय समाजवादी फोरम नेपाल द्धारा आज नेपाल बन्द

सुर्खेत फागुन २७ ।  सप्तरीको राजविराजमा चार जनाको मृत्यु हुने गरी भएको गोलीकाण्डको विरोधमा संघीय समाजवादी फोरम नेपाल ले (शुक्रबार) नेपाल बन्द आव्हान गरिएको छ ।

संघीय समाजवादी फोरम नेपालको आव्हानमा आज (शुक्रबार) बन्द आव्हान गरिएको हो । शुक्रबार यातायात बजार, कलकारखाना शिक्षण संस्था बन्द हुने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय परिषद सदस्य तथा प्रदेश नं. ६ का उपाध्यक्ष डिलकुमारी खड्काले जानकारी दिइन ।

संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्नुपर्ने र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता गर्नुपर्ने माग राख्दै मोर्चाले विरोध प्रदर्शनका साथ बन्द आव्हान गर्ने निर्णय गरे अनुसार सुर्खेत र यो प्रदेशमा पनि बन्द हुने पार्टीका सुर्खेत क्षेत्र नं. २ का सभापति गगनबहादुर सारुले जानकारी दिए ।

यस्तै पार्टी केन्द्रले पनि बन्द सफल बनाउन अपिल जारी गरेको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।