२०७७ माघ १२, सोमबार

मप विविको खेलकुद सप्ताह

सुर्खेत, फाुन २७ । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो खेलकुद सप्ताहमा भलिबल छात्र तर्फ मानविकी बिरुद्ध ब्यवस्थापन संकायको खेलमा मानवीकीले जित हात पारेको छ । यस्तै विहीबार भएको ईन्जिनियरिङ्ग विरुद्ध बिज्ञान संकायको खेलमा बिज्ञान ले जित हात पारि फाईनलमा प्रवेश गरेको छ ।

mu 1यसै गरि भलिबल छात्रा तर्फ मानविकी बिरुद्ध ब्यवस्थापन को खेलमा मानबिकी नै जितेको छ भने बिज्ञान बिरुद्ध शिक्षा को खेलमा पनि बिज्ञान संकायले जितेर छात्रा तर्फको भलिबलमा फाईनल मा प्रवेश गरेको छ ।

छात्र टेबलटेनिस (एकल) तर्फ मानविकी संकायका रोशन चौलागाई सेमीफाईनलमा प्रवेश गरेका छन् भने ईन्जिनियरिङ्ग संकायका दिपक रावल फाईनलमा प्रवेश गरेका छन् छात्र टेबलटेनिस (डबल) तर्फ मानविकी संकाय (सन्तोष र रोशन) फाईनलमा प्रबेश गरे भने विज्ञान संकायका (बिमल र कृष्ण) सेमी फाईनलमा प्रवेश गरेका छन् ।

छात्रा टेबलटेनिस (एकल) तर्फ सपना बि सी बिज्ञान संकाय सेमी फाईनलमा प्रवेश भने उषाकिरण शिक्षा संकाय फाईनलमा प्रवेश छात्रा टेबलटेनिस (डबल) तर्फ बिज्ञान संकाय(सपना र शिल्पा) फाईनलमा प्रवेश गरे भने कविता र सुस्मिता ब्यवस्थापन संकाय सेमी फाईनलमा प्रवेश गरेका छन् ।

क्रिकेट तर्फ ब्यवस्थापन संकायले १७ रनले मानविकि संकाय लाई उछिनेर फाईनलमा प्रवेश गरेको छ भने बिज्ञान संकाय पनि शिक्षा संकायलाई हरायर सेमीफाईनलमा प्रवेश गरेको छ ।

यसै गरि चेस छात्र तर्फ बिज्ञान संकायका सञ्जिव कुमार सिजापति सेमीफाईनल प्रवेश गरेका छन् भने शिक्षा संकायका देब ब फडेरा फाईनल प्रवेश गरे र चेस छात्रा तर्फ बिज्ञान संकायकी गिता रावल सेमीफाईनलमा प्रवेश गरिन् भने मानविकी संकायकी शिवानी ढकाल फाईनलमा प्रवेश गरेका छिन् । र अन्य खेलहरु पनि भईरहेका छन् ।