२०७७ मंसिर १५, सोमबार

ईमानुयलको १७ औं वार्षिक उत्सव

सुर्खेत फागुन २७ ।  यहाँको वीेरेन्द्रनगर १६ मा रहेको ईम्मानुयल सेकेण्डरी बोडिङ स्कुलको १७ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहिवार सम्पन्न भएको छ । विद्यालयका संञ्चालक पदम बहादुर गैरेको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथी मध्यपश्चिमाञ्चल विश्व विद्यालयका रजिष्टार महेन्द्र कुमार मल्लको रहेको थियो ।

कार्यक्रममा प्यावसन सुर्खेतका अध्यक्ष बेदप्रसाद ढकालले ईम्मानुयल सेकेण्डारी बोडिङ स्कुल भौतिक रुपमा शान्त र गुणस्तरिय शिक्षा दिनका निम्ती अबरात्र खटिएको बताए । उनले बालबालिकाहरुलाई विद्यालयको जिम्मा मात्रै नभई घरमा अभिभावकले विशेष ध्यान दिनुपर्न बताए । धर्म सँस्कृति इमान्दारीता विद्यालय भन्दा घरमा अभिभावकले सिकाउनु पर्न बताए ।

कार्यक्रमका प्रमुख अतिथी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टार महेन्द्र कुमार मल्लले विद्यालयका बालबालिकाहरुका प्रतियोगिताले शिक्षक शिक्षिका संञ्चालनहरुको महत्वपूर्ण भुमिका खेलेको र यो अभिभावकहरुले घरमा बालबालिकाहरुको ख्याल राख्नुपर्न बेला बेलामा विद्यालयमा आएर बच्चाहरुको पढाईको बारे बुझनुपर्न बताए । मल्लले सूरुमा थोरै विद्यालयहरु थिए ।

गुणस्तरियरिय शिक्षाको अभाव थियो । संञ्चालक पदम बहादुर गैरेले विद्यालयलाई गुणस्तरिय र प्रगाति भएको बताए । उनले सझाव दिदै पूर्वाधारलाई सही रुपमा प्रयोग गर्न हो भने अझै राम्रो हुने विद्यालयले मेहनत परिश्रम गरेर बालबालिकाहरुको चौतफी विकास गरेको बताए । बालबालिकाहरुले अभिभावकलाई चेतना दिने नाटक नृत्यबाट उदारण देखाएको र सम्पूणृ जिम्मा विद्यालयको भनि ठान्नु हुदैन । अभिभावकहरुले पनि घरमा विशेष ध्यान दिनुपर्न बताए ।

कार्यक्रममा विद्यालयमा भएको अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट छात्रा छात्रहरुलाई मेडल प्रमाण पत्र वितरण गरिएको थियो । भने वाषिक उत्सव तथा अभिभावक दिवसमा विद्यार्थीहरुले विभिन्न किसिमका नृत्यहरु प्रस्तुत गरेको थिए ।

कार्यक्रमा जिल्ला शिक्षा कार्यलयका श्रोत व्यक्ति चवानसिहं राना,प्यावसन सुर्खेतका अध्यक्ष वेदप्रसाद ढकाल,प्यावसन सुर्खेतका सचिव दल बहादुर गुरुङ,प्यावसनका केन्द्रिय सदस्य पूर्ण नेपाली, प्यावसनका निवर्तमान सदस्य बालदिप कडेल,मोनिङ स्टार इन्टर नेशनल बोडिङ स्कुलका प्रिन्सिपल, जेम्स घर्ति,भ्याली मेमोरियल बोडिङ स्कुलका शिक्षक मनोज असा लगायतको उपस्थिती रहेको थियो ।