२०७७ मंसिर १३, शनिबार

विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिम सुरु

सुर्खेत, फागुन २७ । संचारकर्मीहरुका लागि विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिम सुर्खेतको वीरेन्द्रनगरमा विहीबारदेखि शुरु भएको छ ।

युएसएआईडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाले संचालन गरिरहेको कृषि स्वास्थ्य तथा वैकल्पिक जिविकोपार्जन (पहल) कार्यक्रमको आयोजनामा तालिम शुरु भएको हो । पर्सीसम्म चल्ने तालिमको विहीबार पहिलो दिन जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले दैवी प्रकोप, मापदण्ड र केन्द्रदेखि जिल्लास्तरमा विपद् व्यवस्थापनका लागि चालिने कदमका बारेमा प्रशिक्षण दिए ।

सुर्खेतका १४ जना संचारकर्मीहरुको सहभागिता रहेको तालीममा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले संचारकर्मीहरु समाजको दृष्टि भएकाले जनताको अपेक्षाअनुसार काम गर्न सुझाव दिए ।

स्मरण गर्दै उनले विपद् व्यवस्थापनका बारेमा जानकारी लिन अत्यावश्यक भएको टिप्पणी गरे । त्यस्तै पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चण भारतीले विपद जोखिम न्युनिकरणसम्बन्धी संचारकर्मीले धेरै कुरा जानिराख्नुपर्ने उल्लेख गरे । तालिमको सहजिकरण पहल कार्यक्रमको क्षेत्रीय कार्यालय नेपालगञ्जका डम्मर सुनार, पहल कार्यक्रममा कमल भुषाल, जिल्ला संयोजक भीम बास्तोलालगायतले गरिरहेकाछन् ।

पहल कार्यक्रम अहिले सुर्खेतको लेकपराजुल, धारापानी, रानीबास, काफलकोट, रजेना र नेटा गाविसमा लागु भएको छ ।