२०७७ मंसिर १६, मंगलवार

७ औं राहुल स्मृति, राहुलले देखाएको बाटोमा लाग्ने प्रतिबद्धता

सुर्खेत, फागुन २८ । सुर्खेतका माओवादी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले स्वर्गीय ऋषिराम गौतम (राहुल) लाई सम्झिएकाछन् ।

राहुल स्मृति प्रतिष्ठान सुर्खेतले राहुलको हत्या भएको सातौ वर्षको स्मृतिमा आयोजना गरेको कार्यक्रममा उनीहरुले राहुलको व्यक्तित्वको चर्चा गर्दै उनको आदर्शको बाटोमा हिड्ने प्रण समेत गरेका हुन् । तत्कालिन एकीकृत नेकपा माओवादी सुर्खेतका इन्चार्ज रहेका नेता राहुलको अभाव खड्किएको भन्दै नेता तथा कार्यकर्ताहरुले राहुलले देखाएको बाटोमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले राहुल एक कुशल राजनीतिज्ञ, कुशल व्यवस्थापक, संगठनात्मक क्षमता भएका नेता भएको भन्दै शुभचिन्तक तथा नेता कार्यकर्ताहरुले अब राहुलको आदर्श अनुसार नेता कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै उनका माइला दाई खगेश्वर गौतमले राहुलको बाटोमा लाग्न सके उनको सम्मान हुने बताए । कार्यक्रममा शिक्षक पहल केसीले पनि सुर्खेत र यस प्रदेशका लागि राहुलको आवश्यकता खड्किएको भन्दै राहुलको सपना पुरा गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख माओवादी केन्द्रका राष्ट्रिय आयोजक समिति सदस्य जीतबहादुर रानाले माओवादी आन्दोलनमा समेत राहुलको अभाव खड्किएको भन्दै अब नेताहरुले राहुलको बाटो समात्नुपर्ने बताए । राहुल एक अध्ययनशिल व्यक्ति भएकोले सबै कार्यकर्ताहरुले पनि उनको जीवन शैली र आदर्शको सम्मान गर्दै उनले देखाएको बाटो हिँड्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महिला संगठनका देविसरा सुनार, घाइते अपाङगता प्रदेश समितिका संयोजक गोविन्द तिमिल्सिना, वीरेन्द्य्रनगर कमिटिका अध्यक्ष दानसिंह सुनार, बराह गाउँपालिका कमिटीका अध्यक्ष बलबहादुर कठायत, बुद्धिजीवि संगठनका अध्यक्ष विमल नेपाली, जनसाँस्कृतिक महासंघका गणेशबहादुर शाही, किसान संगठनका खगेन्द्र थानी, पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारती लगायतले उनको व्यक्तित्व चर्चा गरेका गर्दै उनले देखाएको बाटो लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम राहुलका धर्मपत्नी हरिमाया शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

राहुलको सुर्खेत बसपार्कमा ना ३ ख ८५६५ नम्बरको बस ले ठक्कर दिएर मृत्यु भएको थियो । उनी सबैमाझ लोकप्रीय भएकोले षडयन्त्र पूर्वक रुपमा उनको हत्या भएको परिवार र माओवादीले दावी गर्दै आएको छ ।

a b c d e