२०७७ मंसिर १३, शनिबार

होलीमा नेपाल टेलिकमको बिशेष ‘डाटा अफर’ !

फागुन, काठमाडौँ । नेपाल टेलिकमले होलीको अवसरमा ग्राहकका लागि सेवामा विशेष अफर ल्याउँने भएको छ । टेलिकमले चाडपर्व बिशेष अफर अन्तर्गत GSM पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई रिचार्ज कार्डमा डाटा बोनस, यूट्युब् डाटा प्याक र एसएमएस प्याक उपलब्ध गराउन लागेको हो ।

Nepal-Telecom-sapatiरिचार्ज कार्डमा डाटा बोनस अन्तर्गत २ सयको रिचार्ज–कार्डमा २ सय एमबी डाटा, ५ सयको रिचार्ज–कार्डमा ५ सय एमबी डाटा र १ हजारको रिचार्ज कार्डमा १ हजार नै डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म उपभोग गर्न पाइने प्याकेज उपलब्ध गराउन लागेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनकारी दिएकी छिन् ।

होली अफर फागुन २९ देखि चैत १ गतेसम्म तीन दिन कायम रहने छ भने अफरको अवधि फागुन २९ देखि चैत्र ३ गतेसम्म GSM/CDMA प्रिपेडका ग्राहकलाई उपलब्ध हुनेछ ।

डेटा बोनस अफर रिचार्ज गरेपश्चात् स्वतः प्राप्त हुनेछ । यस्तै, यूट्युब् डाटा प्याक अन्तर्गत १ जिबी यूट्युब् डाटा प्याक १०० रुपैयाँमा २ दिनसम्म र ५ सय एमबी यूट्युब डाटा प्याक ६० रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाइने छ ।

यो अफरको अवधि फागुन २९देखि चैत्र १३ गतेसम्म GSM प्रिपेड तथा पोष्टपेड ग्राहकलाई उपलब्ध हुनेछ । एसएमएस प्याक अन्तर्गत १०० वटा एसएमएस १० रुपैयाँमा नेपाल टेलिकमको नेटवर्क भित्र ३ दिनसम्म उपभोग गर्न पाइने छ ।