२०७७ माघ १२, सोमबार

यी हुन् विश्वका १० सुन्दर महिला

हुन त सुन्दरता भन्ने कुरा यस्तै हुन्छ भन्ने तोकिएको छैन । यो हरेक व्यक्तिका लागि फरक हुन सक्छ । तर, संसारमा सुन्दरतालाई लिएर धेरै प्रतियोगिता र अवार्ड कार्याक्रमहरु हुने गरेका छन् । केही महिलाहरु यस्ता पनि छन्, जसलाई विश्वकै मानिसहरुले सुनदर मानेका छन् ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज हामीले विश्वका १० सुन्दर महिलाहरुको फोटो राखेका छौँ । एउटा अङग्रेजी वेबसाइटका अनुसार यी युवतीहरु २०१६ का सबै भन्दा सुन्दर महिला हुन जसलाई विश्वकै मानिसहरुले छानेका हुन् ।

१. विश्वका सुन्दर महिलाहरुको टप लिस्टमा अमेरिकी एक्ट्रेस र गाइका सेलेना गोमेजलाई टपमा राखिएको छ ।


२.फिलिपिनी मूलकी अमेरिकी एक्ट्रेस लिजा सोबेरैनोलाई दोस्रो नम्बरमा राखिएको छ ।


३. दक्षिण कोरियाकी एन.इम जिन आह पनि विश्वकी सुन्दर महिलामध्ये एक हुन् । उनी फिल्महरुमा एक्टिङ गर्नुका साथसाथै टिभी सिरियलमा पनि अभिनय गर्ने गर्छिन ।


४. इंग्ल्याडकी पप गायिका पिक्सीले धेरै हिट गीतहरू गाएकी छिन् । पिक्सीले विश्वका सयजना सेक्सी महिलाको लिस्टमा पनि ठाउँ बनाइसकेकी छन् ।


५. ब्राजिलकी एडरिआना लिमा भिक्टोरियाको सिक्रेट ऐन्जलका रुपमा परिचित छिन् । लिना सबैभन्दा बढी तलब लिने युवतीमा पनि पर्छिन् ।


६. २९ वर्षीया एमिलिया क्लार्केले विश्वभरका आफ्ना फ्यानसलाई फ्लोइङ बनाइएकी छन् । उनले गेम अफ थ्रोन्समा पनि अभिनय गरेकी छन् ।


७. फिलिपिन्सकी अभिनेतृ पिआ डब्ल्यू मिस युनिवर्स २०१५ पनिु हुन् । टिभी प्रस्तोता र मोडलका रूपमा पनि उनी चर्चित छिन् ।


८. अमेरिकन एक्ट्रेस एक्बर हर्ड प्राय म्यागेजिनहरूको कभर पेजमा बोल्ड लुकका कारणले चर्चित छिन् ।


९. दीपिका पादुकोण भारतकी बेस्ट एक्ट्रेसमध्ये एक हुन् । बोल्ड एन्ड सेक्सी लुकका कारण उनलाई पनि यस लिस्टमा राखिएको छ ।


१०. प्रियंका चोपडा भारतमा मात्र नभई विश्वमा पनि परिचित छिन् । उनले धेरैपटक बेस्ट एक्ट्रेसको अवार्ड पनि पाइसकेकी छन् । उनी पूर्वमिसवर्ड पनि हुन् ।