२०७७ कार्तिक ३, सोमबार

राम्रो सँग पढेर भविष्यमा राष्ट« सेवक बन्ने इच्छा छ

student onesहरेक विद्यार्थीका आ— आफनै चाहाना हुन्छन । सबै विद्यार्थीहरुलाई एउटै किसिमको वातावरण मन पदैन । विद्यालयको वातावरण विद्यार्थीको मनोविज्ञान र अभिभावकको आफना सन्तानप्रति दर्शाउने अभिभावकत्व जस्ता विषयमा हामीले विद्यार्थीसँगै केही विद्यार्थी केन्द्रित प्रशनहरु तेस्याउँछौ । केही समय विद्यार्थीसँग बसेर आम विद्यार्थीको प्रतिनिभित्व गर्ने पात्रका बारेमा कुरा गर्ने गर्दछौ । हामीले यसपटक धेरै विद्यार्थीको प्रतिनीधि पात्रका रुपमा अमर ज्योती नमुना माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्र कैलाश बुढाथोकीलाई भेटाएका छौ । प्रस्तुत छ बुढाथोकीसँग  ईनयाँनेपालकर्मी.नरजन तामाङ्ले गरेको कुराकानीको संक्षेप :

 कस्तो चल्दैछ पढाई ?

अहिले त धेरै राम्रो पनि भन्न मिल्दैन ठीक ठीकै चल्दैछ ।

 पढाई कस्तो भईदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?

शिक्षकहरुले हरेक विद्यार्थीको दृष्टिकोण र मनोविज्ञान बुझि राम्रोसँग पढाई दिएको भए भन्ने लाग्छ ।

 घरमा कतिको पढनु हुन्छ नि ?

बिहान ६ बजेदेखि बेलुका ६ बजे सम्म कक्षा हुन्छ । बाँकी समय दुई तिन घण्टा गृहकार्य गदै जान्छ ।

 अहिले अमरज्योति नमुना विद्यालयको जुन वातारण छ यो वातारण पढाईको लागि कस्तो लाग्छ नि ?

मलाई त यहाँको वातावरण धेरै राम्रो लाग्छ । मलाई कतैबाट पनि समस्या भएको छैन । यहाँका शिक्षकहरु आ–आफना कक्षामा उपस्थित नै छन । विद्यार्थीहरु अनुशासित नै छन । मलाई त केही असर भएको जस्तो लाग्दैन ।

 कुन शिक्षकले पढाएको तपाईलाई राम्रो सँग बुझे जस्तो लाग्छ ?

मलाई सबै गुरुबा गुरुआमाले पढाएको राम्रै लाग्छ । अनि पढाउने शैली पनि राम्रो लाग्छ । तर त्यसमा पनि डिल्ली प्रसाद आचार्य सरले पढाएको धेरै बुझे जस्तो लाग्छ ।

 तपाई भविष्यमा के बन्न चाहानुहुन्छ ?

म राम्रोसँग पढेर भविष्यमा राष्टको सेवक बन्ने इच्छा छ ।

 तपाईको कक्षामा कति जना विद्यार्थी हुनुहुन्छ तपाई धेरै जनाको बीचमा पढाएको बुझनु हुन्छ ?

मेरो कक्षामा ३८ जना हुनुहुन्छ । म कक्षामा सधै पहिलो बेन्चमा बस्छु । त्यसैले सबै सरले पढाएको राम्रोसँग बुझछु ।

 तपाई अगाडी बसेर पढिरहदा तपाईको सार्थीहरुले पछाडीबाट डिस्टर्ब गर्दा कस्तो लग्छ ?

सार्थीहरुले हल्ला नगरेको भए भन्ने लाग्छ । हल्ला गरेको मलाई मन पराउदैन रिस उठछ तर सार्थीहरुलाई सम्झउने प्रयास गर्छु । त्यही गरी भएन भने सरसँग गएर भनिदिन्छु ।

 तपाईलाई तपाईको विद्यालयका मन नपर्ने पक्षहरु के के हुन ?

हाम्रा विद्यालयका विद्यार्थीहरु सरसगँ झर्केर कुरा गर्छन । एकअर्कोसँग झगडा गर्ने जस्ता कुरा मन पदैन । अरु सबै त राम्रो लाग्छ ।

 तपाईका विद्यालयको राम्रा पक्षहरु के(के हुन ?

विद्यालयको वातावरण राम्रो भवनहरु राम्रा छन खेल्नको लागि प्रयाप्त सामाग्री खेल मैदान छन । शिक्षक शिक्षिकाहरुको पढाउने शैली राम्रो लाग्छ । किनकी म मेरो विद्यालयलाई माया पनि गर्छु ।