२०७७ माघ ११, आईतवार

नेपाल र केन्याबीचको दोस्रो खेल सुरू , नेपालले बलिङ गर्दै (LIVE)

काठमाडौं, ३० फागुन । आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसिएल) अन्तर्गत अहिले केहीबेरपछि  नेपालले केन्याविरुद्ध दोस्रो खेल खेल्दैछ ।

https://www.youtube.com/watch?v=MWjNBLDrBZc

शनिबार भएको पहिलो खेल डकवर्थ लेविस (डिएल) का आधारमा केन्यासँग ५ विकेटले पराजित नेपालले सोमबार दोस्रो खेलका लागि मैदान ओर्लँदैछ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा नेपाल र केन्याबीचको दोस्रो खेल ९ : ३ं० मा सुरु हुँदैछ । र, नेपाल पहिलो खेलमा बेहोरेको पराजयको बदला लिँदै जित्ने योजनामा मैदान ओर्लनेछ ।

त्यतिमात्र हैन नेपाल दोस्रो खेल जित्दै च्याम्पियनसिपको शीर्ष चारमा पुग्ने लक्ष्य लिएर मैदान ओर्लँदैछ । यसैबीच नेपाली क्रिकेट टोलीको कप्तान पारस खड्का आज पनि खेल्ने सम्भावना निकै कम रहेको छ ।