२०७७ माघ ७, बुधबार

नचिनेका नम्बरबाट आएको फोन कसले गर्यो भन्ने पत्ता लाग्ने एप्स नेपाली बजारमा

काठमाडौं, ३० फागुन । तपाईँको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ ।

684098261nepal-callerकुनै नचिनेको नम्बरबाट आएको फोन होस् वा सेभ नगरेको नम्बर, तपाइँले यो एप्स डाउनलोड गर्नुभयो भने तपाइँलाई फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सक्नुहुनेछ ।

तपाइँको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो ।

नेपाली बजारमा पनि केही यस्ता एप्स छन् जो तपाइँको दैनिक जनजीवनमा महत्वपूर्ण सावित भएका छन् । अब तपाइँ सिधै गुगल प्लेस्टोरमा गएर नेपालीले नेपालीकै लागि बनाएको यो एप्स प्रयोग गर्न सक्नुहुनेछ ।

विश्व बजारमा एप्सको प्रतिष्पर्धा भैरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर Nepal Caller ‘नेपाल कलर’ गुगल प्लेस्टोरमा राखिएको आई टेक नेपालले जनाएको छ ।अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपले छिट्टै प्रयोगकर्ताको विश्वास जित्नेछ भन्ने आशा गरेका छौं ।

डाउनलोड कसरी गर्ने ?

तपाइँको मोबाइलमा रहेको गुगल प्ले स्टोरमा जानुहोस्, Nepal Caller  सर्च गर्नुहोस् । अनि त्यसमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।

डाउनलोडका लागि यो लिंकमा पनि जान सक्नुहुनेछ ।