२०७७ कार्तिक ५, बुधबार

शाहरुखकी सदाबहार जोडी व्युटि नायिका काजोल ४२ बर्षमा प्रवेश

402423-kajolबलिउड नायिकामा सबैभन्दा बढी सफल मानिन्छन काजोल । काजोल मुखर्जीका नामले चिनिने उनले बलिउडका सुपरस्टार शाहरुख खानसंग कैयौ हिट फिल्म दिएकी छन । यदि बलिउडमा कसैको जोडी मन पराइन्छ भने त्यो शाहरुख र काजोलकै हो । त्यसैले पनि उनलाई सफल नायिका मानिन्छ ।

उनको जन्म ५ अगस्त १९७४ मा भारतको महाराष्ट्र मुम्बईमा भएको थियो । उनै नायिका शुक्रबारबाट ४२ बर्ष पुगेकी छन । सन १९९२ मा राहुल रवैलको फिल्म ‘बेखुदी’ वाट बलिउडमा डेब्यु गरेकी काजोलले बाजीगर, गुप्त, कुछ कुछ होता है, माइ नेम इज खान, कभी खुसी कभी गम जस्ता निकै नै हिट फिल्म दिएकी छन ।

तर उनको पहिलो फिल्म असफल भएको थियो । भारतका विभिन्न ५ वटा प्रतिष्ठि अवार्ड जितिसकेकी काजोल अजय देवगणसंगको आजीवन सम्बन्धमा छिन । करिब १० बर्ष पहिले नै विवाह गरेका उनीहरुका दुई छोरा छन । एक्सनस्टार अजय र व्युटिफुल काजोलबाट युग र न्यासा नामका दुई छोरा समेत छन ।