२०७७ माघ ३, शनिबार

दुव्र्यसनी विरुद्ध सचेतना गोष्ठी

सुर्खेत, चैत्र १ । यहााको वीरन्द्रनगरमा दुव्यसनीविरुद्ध सचेतनामुलक गोष्ठी वीरेन्द्रनगरमा सोमबार सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र अवुर्द रोग निवारण संस्थाको आयोजनामा गोष्ठी भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कर्णबहादुर थापाले देश विकासको आधार मानिने यूवा जनशक्ति पछिल्लो समयमा लागू औषध प्रयोग तर्फ आकर्षित हुदाँ समाज रुपान्तरणमा क्षति भएको बताए ।

उनले लागूऔषध तथा दुव्र्यसनीका बारेमा यूवाह? जानकार भएपनि बेरोजगारीका कारण पनि प्रयोग दिनप्रतिदिन बढ्दै गएको बताए । कार्यक्रममा वीननपा वडा–६ का सामाजिक परिचालक रेखा केसीले यूवालक्षित कार्यक्रमह? मार्फत जनचेतना कार्यक्रम गर्न सके दुव्यसनी न्यूनिकरण गर्न सकिने धारण राखिन् ।

गोष्ठीमा जनस्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य शिक्षा टेक्निसीयन तथा सुचनाअधिकारी बसन्तमान श्रेष्ठ र सास नेपालका संस्थापक अध्यक्ष कुमार ढकालले प्रशिक्षण दिएका थिए ।