२०७७ माघ ७, बुधबार

केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण

सुर्खेत, चैत्र १ । यही चैत ३ गतेबाट देशभर संचालन हुने माध्यमिक शिक्षा परीक्षाका लागि खटिने केन्द्राध्यक्ष र अनुगमनकर्ताहरुका लागि अभिमुखिकरण सम्पन्न भएको छ ।

education - Copyजिल्ला शिक्षा कार्यालय सुर्खेतले परिक्षमा खटिने केन्द्राध्यक्ष र अनुगमकर्ताहरुमा लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरी ३७ बुदेँ आचारसंहिताहरु तोकेको छ । परिक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सम्पन्न गर्नका लागी गर्नका लागी जिल्ला शिक्षा कार्यालयले मंगलबार एक् कार्यक्रमको आयोजना गरी अभिमुखिकरण सहित परिक्षा सञ्चालनका लागि मापदण्ड तोकेको हो ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला शिक्षा समिति सुर्खेतका अध्यक्ष महादेब पन्थले परिक्षा शान्त वातावरणमा सम्पन्न गर्नका लागि सबै सरोकारवालाहरुले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । यसवर्ष माध्यमिक शिक्षा परिक्षाका लागि सुर्खेतमा ३० वटा परिक्षा केन्द्रहरु तोकिएको छ ।

यस्तै नियमित तर्फ ६ हजार ९ सय ४५, एक्जाम्टेडतर्फ २ सय ७८ र ग्रेडवृद्धी तर्फ १ हजार ९ सय ७ जना विधार्थी परिक्षामा सहभागी हुँदै छन्  ।