२०७७ मंसिर १६, मंगलवार

सुर्खेतमा स्थानीय तह कार्यान्वयन सबै नपा, गाउँपालिकामा कार्यकारी अधिकृत तोकियो

सुर्खेत, चैत्र १ । नेपाल सरकारले स्थानीय निकाय खारेज गरी नयाँ संचरणा अनुसार स्थानीय तह लागु गरेपछि सुर्खेतमा पनि कार्यान्वयनमा ल्याइएको छ ।

Local-level - Copyनयाँ संरचना अनुसार ९ वटा स्थानीय तह रहेको सुर्खेतहमा सबै गाउँपालिका र नगरपालिकामा तत्कालका लागि निमित्त कार्यकारी अधिकृत तोकिएको जिल्ला समन्वय समिति वीरेन्द्रन्द्रनगर सुर्खेतले जनाएको छ । अब नयाँ संरचना अनुसार साविकको जिल्ला विकास समितिले औपचारिक रुपमा जिल्ला समन्वय समितिका रुपमा का गर्ने भएको छ ।

नयाँ संरचना कार्यान्वयनमा आउपछि सोमबार आयोजना गरिएको स्थानीय तह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सुर्खेतका सचिव अमृत लम्सालले सुर्खेतका सबै स्थानीय तहहरुमा निमित्त कार्यकारी अधिकृत तोकिसकिएको जानकारी दिए । स्थानीय तहको केन्द्र पनि काम गर्न सहजता होस् भन्ने उद्देश्यले तोकिएको छ ।

जसअनुसार वीरेन्द्रनगर नगरपालिकाको निमित्त कार्यकारी अधिकृतमा विमलराज आचार्य र कार्यालय साविकको वीरेन्द्रनगर नगरपालिका नै रहनेछ । यस्तै भेरीगंगामा पनि साविबककै भेरीगंगा नगरपालिकाको कार्यालयलाइृ केन्द्रका रुपमा लिने र निमित्त कार्यकारी अधिकृतका रुपमा रामप्रसाद चपाईलाई तोकिएको छ ।

यता गुर्भाकोट नगरपालिकाको केन्द्र पनि साविकको गुर्भाकोटको कार्यालयलाई तोकिएको छ भने निमित्त कार्यकारी अधिघकृतमा टेकबहादुर खत्रीलाई तोकिएको छ । पश्चिम सुर्खेतमा रहेको पञ्चपुरी नगरपालिकाको केन्द्र साविकको वावियाचौरलाई तोकिएको छ भने कार्यकारी अधिकृतको जिम्मा तत्कालका लागि नारायणदेव गिरीलाई दिइएको सचिव लम्सालले जानकारी दिए ।

यस्तै लेकबेसी नगरपालिकाको केन्द्र साविकको कल्याण गाविसको कार्यालयमा रहने र निमित्त कार्यकारी अधिकृतको जिम्मा तेजबहादुर रोकायलाई दिइएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको केन्द्र साविकको गुटु गाविसमा रहने छ भने कार्यकारी अधिकृतमा टेकबहादुर शाही रहने जनाइएको छ । यसैगरी बराहताल गाउँपालिकाको केन्द्र साविकको कुनागरी गाविसको कार्यालयमा रहने र कार्यकारी अधिकृतका रुपमा केशरबहादुर डांगीले काम गर्नेछन ।

यसैगरी ६ वटा मात्रै वडा रहेको सबैभन्दा सानो गाउँपालिकाका रुपमा रहेको उत्तरपूर्वी सुर्खेतको चिङगाडा गाउँपालिकाको केन्द्र साविकको अवलचिङ गाविसको कार्यालयमा हुने र कार्यकारी अधिकृतका रुपमा गोविन्द पौडेलले काम गर्ने जनाइएको छ । सिम्ता गाउँपालिकाको केन्द्र साविकको बजेडिचौर गाविसको कार्यालयमा रहने र कार्यकारी अधिकृतका रुपमा गोविन्द रानाले काम गर्ने जनाइएको छ ।

नयाँ संरचना अनुसार अब गाउँपालिकामा एक जना कार्यकारी अधिकृत, एक जना इन्जिनियर, एक जना कम्प्यूटर इन्जिनियर, एक जना नायव सुब्बा, एक÷एक जना लेखापाल र सबइन्जिनियर र कार्यालय सहयोगी २ जना हुनेछन् ।

नगरपालिकामा पनि एक जना कार्यकारी अधिकृत (उपसचिव÷शाखा अधिकृत), एक जना इन्जिनियर एक जना कम्प्यूटर इन्जिनियर (अधिकृत), एक÷एक जना नायव सुब्बा र लोखपाल, सबइन्जिनियर एक जना र कार्यालय सहयोगी २ जना हुनेछन ।