२०७७ कार्तिक ६, बिहीबार

‘हलिउड नेक्स्ट जेनेरेशन’ भन्दै दिपिकाद्धारा प्रियंकालाई कडा चुनौति

priyanka-deepika२३ साउन, बलिउडबाट हलिउड पुगेका दुई स्टार नायिका दिपिका पादुकोण र प्रियंका चोपराबीच कडा टक्कर देखिएको छ । अभिनयमा अब्बल यी दुबै नायिका सुन्दरतामा पनि कम छैनन । तर प्रियंकाको बढी प्रशसा हलिउडमा भएपछि दिपिकाले पनि त्यसलाई चुनौति दिएकी छन ।

एक हलिउड म्यागजिनले दिपिका पादुकोणलाई ‘हलिउड नेक्स्ट जेनेरेशन’ भन्दै कभर पेजमा फोटोसुट गराएपछि यतिबेला उनको चर्चा चुलिएको छ । ‘वेनिटी फेयर’ नामको म्यागजिनले दिपिकालाई स्पेश दिएको हो ।

दिपिकाका नयाँ फिल्म एक्सएक्सएक्स को तेश्रो सिक्वेल रिलिज हुँदै गर्दा प्रियका अर्को नयाँ फिल्म पनि गर्दैछिन र पुरानो सिरियलमा पनि काम गरिरहेकी छन । यी दुईलाई लिएर यतिबेला हलिउड मिडियाहरु नै विभाजित हुन थालेका छन ।