२०७७ माघ १४, बुधबार

रविन्द्र मिश्र बोले गगनका पक्षमा

२ चैत, काठमाडौं । सरकारमा जान खुट्टा उचालेर बसेका विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले स्वास्थ्य मन्त्रालय दावी गरेपछि सामाजिक सञ्जालमा चर्चाको विषय भएको छ ।फोरमको माग अनुसार उसलाई सरकारमा ल्याउनका लागि कांग्रेसका गगन थापाले सम्हालिरहेको स्वास्थ्य मन्त्रालय दिनुपर्नेछ । तर अहिलेको मन्त्रीपरिषद्मा माओवादी केन्द्रका जनार्दन शर्मा प्रभाकर र गगन थापाले राम्रो काम गरेको भन्दै उनीहरुको उच्च प्रसंसा छ ।

राम्रो काम गरिरहेका थोरै मन्त्री मध्येबाटै गगनलाई हटाउने विषयले चर्चा पाउनु सामान्य कुरा नै भयो ।

यसै सन्दर्भमा बीबीसी नेपाली सेवाका पूर्वप्रमुख एवं साझा पार्टीका नेता बन्दै गरेका रवीन्द्र मिश्रले गगन थापालाई समर्थन गर्दै उनको मन्त्रालय फोरम लोकतान्त्रिकका रामजनम चौधरीलाई दिने भन्ने विषय प्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै मिश्रले सरकारले राम्रो काम गरेकोलाई हटाएर फोहोरी भित्र्याउन खोजेको भन्दै व्यङ्ग्य गरेका छन् ।