२०७७ मंसिर २०, शनिबार

अन्तरक्रिया कार्याक्रम सम्पन्न्

सुर्खेत, चैत २ ।  सीमान्तकृत महिलाह?का लागि महिला संस्था वामले वीरेन्द्रनगरमा एक अन्र्तक्रिया कार्याक्रम सम्पन्न गरेको छ । स्थानीय सामुदायिक अनुगमन समिति र जिल्ला स्थित सरोकारवाला निकायबीच उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा खानीखोला सुर्खेतका अनुगमन स्थानीय समितिका संयोजक केवि र्दलामिले आफुहरु गाउँ विकास समिति स्थीत सबै ठाउमा अनुगमन गरीए पनि स्थानिय स्वास्थ्य चौकीमा अनुगमन गर्न जादा त्यहाँका प्रमुख जीवन शाहीले अनुगमन गर्न नदिएको गुनाशो गरे ।

यता जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रतिनीधिले उक्त समस्याबारे आफूले बुझ्ने र आवश्यक कदम चाल्ने प्रतिबद्वता व्यक्त गरेका थिए । यस्तै गुमीमा रहेको आनन्द माविमा रहेको क्यान्टीनमा मदिरा तथा धुम्रपानजन्य पद्वार्थको विक्रि वितरण भइरहेको सामाजिक परिचालक पुष्पा पहाडीले जानकारी दिइन ।

पहाडिले कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीहरुको खल्तीमा सुर्तीजन्य पद्वार्थ भेटिने गरेको भन्दै तत्काल सो सम्वन्धमा जिम्मेवार निकायले छानविन गरि आवश्यक कारवाहीको प्रक्रियामा ल्याउनुपर्ने माग गरिन ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनीधिहरु, विभिन्न सरकारी निकायका प्रतिनीधिहरुलगायतको सहभागिता रहेको थियो । कार्यक्रम वाम संस्थाका अध्यक्ष यमुना नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो ।