२०७७ कार्तिक ७, शुक्रबार

काजोल भन्छिन्, “बलिउडमा हलिउडको गल्यामर र स्टन्ट चाहियो”

kajol२३ श्रावन,  बलिउडका चर्चित र जोडीदार नायिका काजोलले अहिलेको पूस्ताले हलिउड जस्तो गल्यामर र स्टन्टमुखी फिल्म चाहेको बताएकी छन् । नायक शाहरुख खानसंगको सर्वकालिन जोडीका रुपमा परिचित काजोलले यस्तो कुरा सार्वजनिक गरेकी हुन् ।

उनले यो भनिरहदा बलिउडका पछिल्लो केही फिल्म असफल हुनु गतिलो कथा र त्यही अनुसार लगानी र गल्यामर्स नहुनु रहेको पनि प्रष्ट हुन्छ । यसले पछिल्ला केही दिन यता भएका स्टन्टरुपी र बिग ब्यानरमुखी फिल्म भएको पनि देखिन्छ ।

आफ्नै होम प्रोडक्सनको फिल्मबाट अभिनयलाई निरन्तरता दिने सोचमा रहेकी उनी बलिउडमा इमान्दार र अभिनयमा पोख्त नायिकाका रुपमा पनि चिनिन्छन् ।