२०७७ माघ ९, शुक्रबार

यस्तो आउँदै छ मोर्चाको आन्दोलनको कार्यक्रम

काठमाडौं २ फागुन । सरकारलाई दिएको समर्थन फिर्ता लिएको ममधेसी मोर्चाले फेर मधेसमा आन्दोलन सुरु गर्ने भएको छ । हिजो कार्यदलले तय गरेका आन्दोलनको कार्यक्रम आज सार्वजनिक गरिदैछ ।

morcha
तस्विर : गुगलबाट

माग सम्बोधनमा सरकार गम्भीर नभएको निश्कर्ष मोर्चाले समर्थन फिर्ताको निणर्य गरेको छ । आज काठमाण्डुको विजुली बजारमा बैठक गरेर मोर्चाले फिर्ताको घोषणा गर्ने तयारी गरेको छ ।

मोर्चाले समर्थन फिर्तासँगै आन्दोलनका कार्यक्रममा पनि छलफल गर्नेछ । संशोधन प्रस्ताव पारित गर्न र स्थानीय निकायको निर्वाचन घोषणा फिर्ता लिन सरकारलाई दिएको एक साताको अल्टिमेटम गएराति सकिएको छ । सरकारलाई दिएको समर्थनको संसदलाई औपचारिक पत्र पठाउने नपठाउने विषयमा भने निर्णय हुन सकेको छैन ।

मोर्चा सचिवालयले तयार पाएको आन्दोलनका कार्यक्रमलाई अन्तिम रुप दिन मोर्चाका शीर्ष नेताको बैठक राजधानीमा आज दिउँसो एक बजे बोलाइएको छ । हिजो बसेको मोर्चाको सचिवालय बैठकले चैत ३ देखी ११ गते सम्म प्रचारात्मक कार्यक्रम गर्ने, १२ देखी ३० गते सम्म एक दिन बिराएर निर्वाचन कार्यालय घेराउ लगायतका सडक संघर्षका कार्यक्रम र बैशाखको पहिलो साताबाट अनिश्चितकालिन आमहडताल लगायतका आन्दोलनका कार्यक्रम गर्ने गरी खाका तयार गरेको छ ।