२०७७ मंसिर ११, बिहीबार

गृहमन्त्री नीधिको राजनीतिक भेटवार्ता जारी

काठमाडौं २ फागुन । प्रतिआतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन दिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि राजनीतिक भेटवार्तामा व्यस्त हुनु भएको छ ।

हिजो भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ । भेटमा उपप्रधानमन्त्री निधिका साथ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी हुनुहुन्थ्यो । आज पनि केही महत्वपूर्ण भेटवार्ता हुनेछन् ।

भारतको नयाँदिल्लीमा हिजोदेखि सुरु भएको प्रतिआतङ्कवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा गृहमन्त्री निधिले अन्तर्राष्ट्रिय समुदायका लागि सुरक्षा चासो सबैभन्दा चिन्ताको विषय भएको उल्लेख गर्नुभयो ।

भारतका उपराष्ट्रपति हमिद अन्सारी प्रमुख अतिथि रहनुभएको कार्यक्रमका प्रमुख वक्तामा श्रीलङ्काका प्रधानमन्त्री रलिन विक्रमा सिङ्गे, नेपालका उपप्रधान तथा गृहमन्त्री निधि, भारतका रेल्वे मन्त्री सुरेश प्रभू र हरियाणाका मुख्यमन्त्री मनोहरलाल खत्तर हुनुहुन्छ । सम्मेलन भोलीसम्म चल्नेछ ।