२०७७ माघ १४, बुधबार

उपभोक्ता दिवस, उपभोक्ता सचेत हुनुपर्नेमा जोड

सुर्खेत, चैत ३ । सुर्खेतमा पनि राष्ट्रिय उपभोक्ता दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा गरिएको सचेतना मूलक ¥याली पछिको अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले उपभोक्ता आफै सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।

consumerउपभोक्ता हित संरक्षणमा लगाउँ ध्यान, सुरक्षित राखौ सम्पत्ती जिउज्यान भन्ने नाराका साथ मनाइएको दिवसको कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले अब उपभोक्ता सचेत हुनुपर्ने बताए । उपभोक्ताको स्वास्थ्यको अधिकार, आर्थिक अधिकार, गुणस्तरीय बस्तु उपभोग गर्ने अधिकार, सुलभ आपूर्तीको अधिकार सुरक्षित हुनुपर्ने भन्दै उनले त्यसमा उपभोक्ता नै चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समित सुर्खेतका समन्वय अधिकारी अमृत लम्सालले उपभोक्ताको हितको लागि निजी क्षेत्र उत्तरदायी हुनुपर्ने भन्दै उपभोक्ता पनि सचेत हुनुपर्ने बताए । अब उत्पादनमा समेत अर्गानिकलाई बढावा दिनुपर्ने उनले बताए ।

कार्यक्रममा राजनीतिक दलहरुका तर्फबाट नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, उपभोक्ताका तर्फबाट लक्ष्मी गौली, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती, सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष धनबहादुर रावत लगायतले पनि उपभोक्ताको अधिकार सुनिश्चितताका लागि सबैले सहयोग गर्नुपर्ने भन्दै उपभोक्ता आफै पनि सचेत हुनुपर्नेमा जोड दिएका थिए ।