विभागको अध्यक्षमा तिवारी
सुर्खेत, २३ साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा महिला विभागको अध्यक्षमा उषाकिरण तिवारी चयन भएकी छन् । विश्वविद्यालयमा अध्यानरत छात्राहरुको भेलाले तिवारीको अध्यक्षतामा १७ सदस्यिय महिला विभाग गठन गरेको हो ।
आईतबार गठन गरिएको विभागको उपाध्यक्षमा चन्द्रना सिनेट, सचिवमा तृष्णा हमाल, महा–सचिवमा श्रजना लामिछाने, उप–महासचिवमा कलपना भट्टराई र कोषाध्यक्षमा दिपिका शर्मा रहेको सदस्य यूवा पराजुलीले जानकारी दिईन् ।
सदस्य पराजुलीका अनुसार विभागले विश्वविद्यालयमा अध्यानरत छात्राहरुको हक हितका लागि काम गर्नेछ ।