२०७७ मंसिर २०, शनिबार

अमेरिकामा जल, स्थल, हवाई क्षेत्रबाट आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यास नरोके अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी समाचार समिति केसीएनएसले यस्तो जानकारी दिएको हो ।

kim jonअमेरिकी सेनाले सुरक्षा दिने बहानामा दक्षिण कोरियामा आक्रामक ड्रोन प्रणाली र त्यसका लागि आवश्यक सेना तैनाथ गर्न सुरु गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास मार्च २४ तारिखसम्म चल्नेछ ।

आफूलाई घेर्न अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेको उत्तर कोरियाको दाबी छ ।

अमेरिका र दक्षिणले उत्तर कोरियाको सम्प्रभुतामाथि दखल दिन खोजेको बताउँदै उसले जल, स्थल, हवाई सबै क्षेत्रमा आक्रमण गरिने स्पष्ट पारेको हो ।

अमेरिकासँग भएका हतियारलाई उत्तर कोरियाली सेनाले तह लगाउने प्योङयाङको भनाइ छ ।

अमेरिकाले पनि आफ्नो तयारीलाई अन्तिम रूप दिँदै दक्षिण कोरियामा आक्रामक ड्रोन प्रणाली तैनाथ गरेको छ । दक्षिण कोरियाली रक्षा विभागका प्रवक्ताले आगामी वर्षसम्म आक्रामक ड्रोन प्रणाली तैनाथ गरिनु सामान्य भएको जानकारी दिएका छन् ।

प्योङयाङले हालै चारवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेलगत्तै अमेरिकी ड्रोन तैनाथ गरिएको उनको भनाइ छ । source : nepaliheadlines