२०७७ मंसिर ९, मंगलवार

गर्लफ्रेन्डको हत्यापछि टुक्रा गरि कुकुरलाई खुवाएका खेलाडी फुटबल क्लबमा अनुबन्धित

ब्राजिलका सेकेन्ड डिभिजन फुटबल क्लब बोआ एस्पोर्टले खेल जगतमै आलोचित हुने कदम उठाएको छ। यो क्लबले यस्तो एक फुटबलरसंग दुई वर्षको कन्ट्र्याक्ट गरेको छ जसले आफ्नो गर्लफ्रेन्डलाई मारि टुक्रा गरि पाल्तु कुकुरलाई खुवाएका थिए।

ब्राजिलको राष्ट्रिय टिममा सामेल हुन निकै नजिक पुगेका ब्रुनो डिसूजालाई सन् २०१० मा पहिलो पटक पक्राउ गरिएको थियो। अदालतले उनलाई २२ वर्षको सजायँ सुनाएको थियो। उनले सर्वोच्च अदालतमा अपील गरे। सर्वोच्चले दोषी प्रमाणित नभएसम्म डिसूजालाई जेल बाहिर रहन र फेरी खेलमा फर्कन छुट दियो।

ब्रुनोले क्लब प्रवेश गरेपछि तीन स्पोन्सरले क्लबको साथ छोडेका छन्। यसको बावजुद पनि बोआ एस्पोर्ट क्लबले आफ्नो निर्णय परिवर्तन गरेको छैन।

एक विज्ञप्ती निकाल्दै क्लबले ब्रुनोलाई देशको सबैभन्दा ठूलो अदालतले स्वतन्त्र गरेको बताएको छ। यसो हुँदा उनलाई खेल्नबाट रोक्न उचित नभएको बताएको छ।  source : nepaliheadlines