२०७७ मंसिर १४, आईतवार

सिरियाको अदालतमा हात्मघाती हमला, २५ जनाको मृत्यु

 दमासकस। सिरियाको केन्द्रमा रहेको अदालत भवनमा बुधबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् ।

सरकारी समाचार संस्था सानाले देशको निकै पुरानो अदालत भवनमा आतङ्ककारीहरुले आत्मघाती हमला गरेको र २५ जनाको हत्या गरेको जनाएको छ ।

दामसकस प्रहरीलाई उदृत गर्दै प्रेषीत समाचारका अनुसार हमलाकारीहरुले एम्बुसको समेत प्रयोग गरेका थिए ।

आक्रमणका बेला अदालत भवनमै रहनु भएका एक जना वकिलले एएफपीसँग भने, “भयानक आवाजका साथ भएको विस्फोटले हामीलाई नराम्रोसँग तर्सायो ।”

त्रसित अवस्थामा रहेका ती वकिलले थपे, “विस्फोटनको बेलामा हामी माथील्लो तलामा रहेको पुस्तकालयमा हामी एउटा फाईल हेर्दै थियौं ।”

“रक्तपातपूर्ण घटना भएको छ” उनले भने ।

कार्यालय समयमा धमाधम सेवाग्राहीको काम भईरहेका बेला आक्रमण भएकाले आक्रमणकारीहरुले आम नागरिकलाई लक्षित गरेर विस्फोट गराएको एक स्थानीयले सरकारी टेलिभिजनमा भनेका छन् ।

सिरियामा यस्तो आत्मघाती आक्रमण सहितको द्धन्द्ध हुन थालेको ६ बर्ष भयो । सन् २०११ देखि सिरियामा सरकार विरोधी हिंसात्मक गतिविधिहरु भईरहेका छन् ।

गत शनिबार राजधानीमा भएका दुई ओटा बम हमलामा परी ७४ जना आम नागरिकको मृत्यु भएको थियो भने त्यसको जिम्मेबारी फतेह अल शाम फ्रन्टले लिएको थियो ।  source : nepaliheadlines