२०७७ माघ ७, बुधबार

बराह गाउँपालिकामा वाइसिएल

सुर्खेत,चैत ४ । बराह गाउँपालिकामा माओवादी केन्द्रको सहायक संगठन योङग कम्यूनिष्ट लीग (वाईसिएल) को प्रथम अधिबेशन सम्पन्न भएको छ ।

प्रथम अधिबेशनबाट ४१ सदस्यीयता कमिटी गठन गरिएको पार्टीका गाउँपालिका अध्यक्ष बलबहादुर कठायतले जानकारी दिए । गणेश सलामिको अध्यक्षतामा गठन भएको वाइसिएल बराह गाउँपालिकाको बरिष्ट उपाध्यक्षमा रामचन्द्र पुरी, उपाध्यक्ष सूर्यबहादुर शाही, महिला उपाध्यक्ष आशा विक, सचिवमा जनक थापा, सहसचिवहरु टोपबहादुर सलामि, सहसचिव गणेश शाही र सहसचिव वीरबहादुर विक र कोषाध्यक्ष सुरेश गाहा मगर रहेकाछन् ।

अधिबेश वाईसिएल नेपालका केन्द्रीय सदस्य रत्नलाल सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा पार्टीका बराह गाउँपालिकाका अध्यक्ष बलबहादुर कठायत, वाइसिएलका केन्द्रीय सदस्य दत्त बराल, जिल्ला अध्यक्ष पदम बन, डम्बर बहादुर सुनार लगायतको उपस्थिति रहेको थियो ।